• ट्रेण्डिङ्ग :
नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप ६ जना घाइते

नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप ६ जना घाइते


  • 8.5K
    SHARES
    • बैशाख २१, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप ६ जना घाइते

    काठमाडाैं,२१ वैशाख । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ। झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ ।

    images

    चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ । पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी अहिले पनि कांग्रेसको तर्फबाट उम्मेदवार छिन् । एमालेबाट चेतबहादुर राना उम्मेदवार छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप