ओखलढुंगा,२१ वैशाख । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेका चिशंखुगढी गाउँपालिकाका उम्मेदवारले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । गठबनधनको तर्फबाट नेकपा (माओवादी केन्द्र) नेता निशान्त शर्मा र नेपाली कांग्रेसका उम्मेदवार सन्तोषबाबु थापाले संयुक्तरुपमा आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका हुन् । चुनाव पछि पनि गर्न सक्ने कामहरुका मात्रै प्रतिवद्धता नागरिक माझ ल्याएको गाउपालिका अध्यक्षका उम्मेदवार निशान्त शर्माले बताए ।
ओखलढुंगाका आठ स्थानीय तह मध्य चिशंखुगढी गाउँपालिका,सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपलिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ । चिशंखुगढीमा माओवादीलाई अध्यक्ष कांग्रेसलाई उाध्यक्ष, सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिकामा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख लिएर तालमेल गरेका छन् । अन्य स्थानीय तहमा नेपाली कांग्रेसलाई माओवादीले सहयोग गर्नेगरी तालमेल भएको छ ।
लिखु गाउँपालिका सहित सबै स्थानीय तहका कतिपय वडाहरुमा भने कांग्रेस माओवादीबीच मित्रबत प्रतिष्पर्धा हुने भएको छ र। त्यस्तै सत्ता गठबन्धनमा सहभागि नेकपा एस र जसपाले पनि धेरै ठाउँमा आफ्ना उम्मेदवार उठाएर गठबन्धन दलहरुबीच नै मित्रबत प्रतिष्पर्धा गर्ने गरी लागेको जनाएको छ । चिशंखुगढी गाउँपालिकाको विकास समृद्धिका लागि चुनाव जितेर के के गर्ने भन्ने प्रतिवद्धता पत्र सार्वजनिक गरिसकेको र ती प्रतिवद्धताहरु पुरा गरेरै छाड्ने चिशंखुगढी गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार सन्तोषबाबु थापाले बताए ।
यस्तो छ चिशंगुगढी गाउँपालिकाको काग्रेस–माओवादी संयुक्त प्रतिवद्धताहरु :
भौतिक विकास तर्फ
दुधकोशी जलाशय युक्त जलविद्युत आयोजना निर्माण गर्ने
जिल्ला सदरमुकामदेखि पालिका सदरमुकामसम्मको सडक कालोपत्रे र सबै वडा जोडने रिङरोड स्तरोन्नति गर्ने
प्रादेशिक स्तरको खेलमैदान निर्माण गर्ने
पालिका भित्र रहेका साप्ताहिक वजार क्षेत्रमा सार्वजनिक शौचालय र ढल, नालीको निर्माण गर्ने
जेष्ठ नागरिक वालवालिकाका उद्ययन स्थापना, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रहरु सञ्चालन गर्ने
विद्यमान खेलमैदानहरुको स्तरोन्नति गर्ने
गाउपालिका भित्रका सबै सडकहरु बाह्रै महिना यातायात चल्ने बनाउँने, सवारी साधन चलाउने ।
शिक्षा तर्फ
नमूना विद्यालय, बालविकास तथा शिकाइ केन्द्रलाई जोड दिदै गुणस्तरीय शिक्षा प्रदान गर्ने
कम्तिमा ३ वटा विभिन्न विषयका प्राविधिक शिक्षा संचालन गर्ने
स्नातक तहको क्याम्पस सञ्चालन गर्ने
प्राविधिक शिक्षा अध्ययन गर्ने विपन्न विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने
दलित विद्यार्थीहरुको लागि छात्रवृत्ति व्यवस्था गर्ने
प्रविधिक क्षेत्रका उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई कम्तिमा ५० जनालाई छात्रवृत्ति उपलब्ध गरान
बहुप्राविधिक शिक्षा, कम्यूटर शिक्षा सञ्चालन गर्ने ।
सबै माविहरुमा उच्चस्तरिय लाइब्रेरीको व्यवस्था गर्ने
स्वास्थ्य तथा सरसफाई तर्फ
प्रत्यक घर परिवारलाई अनिवार्य स्वास्थ्य विमा गर्ने
सबै वडाका घर धुरीहरुलाई शुद्ध पिउने पानीको व्यवस्था गर्ने
महिलाहरुको पाठ्यघरसँग सम्बन्धित समस्याको निःशुल्क उपचार गर्ने
दुर्वेशनीमा फसेका युवाहरुको उपचार र यिन्त्रण गर्ने
मेरुदण्ड गुमाएका पक्षघात भएका नागरिकहरुलाई निशुल्क उपचार सेवा दिने
गाउँपालिकामा १५ शैया वेडको अस्पतालको स्थापना गर्ने
सबै स्वास्थ्य संस्थाहरुमा ल्याव सहितको स्वास्थ्य उपचारसेवा दिने
कृषि, पर्यटन,वन वातावरण तर्फ
सबै खेतियोग्य जमिनमा सिंचाइ सुविधा अनिवार्य पुर्याउने
कृषिमा यान्त्रीकरण आधुनिकीकरण र व्यवसायिकरण गर्ने
व्यवसायिक कृषकहरुलाई अनुदानको व्यवस्था गर्न, पशु तथा बाली विमाको सुनिश्चितता गर्ने
पकेटक्षेत्रको रुपमा कृषिको विकास गर्न, वन जन्य र कृषि जन्य उद्योग स्थापना गर्ने
व्यवसाय गर्न चाहाने युवाहरुलाई सिप विकास तथा सहुलियत कर्जा उपलब्ध गराउने
सडकको दायाँ बाँया आयमुलक प्रजातिका वृक्षारोपण, तरकारी फलफूल खेति गर्ने
वातावरणको संरक्षणको लागि सामूदायिक जंगल क्षेत्रहरुमा वृक्षारोपण गरी हरित क्षेत्र निर्माण गराउने
कृषि सहकारीको अवधारणालाई विशेष महत्व दिने, कृषकहरुलाई कृषि कर्जा उपलब्ध गराउने ।
पालिका भित्र रहेका खनिज तथा पुरातात्विक सम्पदाहरुको पहिचान गर्ने, संरक्षण तथा उत्खनन गर्ने, र पर्यापर्यटन विकास गर्ने
घरयासी उत्पानलाई बजारीकरणको व्यवस्था मिलाउने
तरकारी,फलफूल खेति र पशुपालक कृषकहरुलाई सम्भाव्यता अध्यायान गरी अनुदान उपलब्ध गराउने ।
सञ्चार सेवा तथा सुशासन तर्फ
प्रत्यक वर्ष गाउपालिकाको विकास निर्माण र सेवा प्रवाह सम्बन्धी अनिवार्य रुपमा सार्वजनिक सुनुवाई गर्न, तेस्रो पक्षबाट सुपरिवेक्षण गरी सुशासन बृद्धि गर्ने
गाउपालिकाबाट नागरिकलाई अनलाइन सेवा उपलब्ध गराउने, सर्वजनीक स्थलमा फ्रि वाइफाइको व्यवस्था गर्ने ।
नागरिकको सूचनाको हकलाई कार्यन्वायन गर्दै माग भएका सूचनाहरु सहज र सरलरुपमा उपलब्ध गराउँने व्यवस्था मिलाउने
स्थानीय सञ्चारमाध्यामहरुसँगको सहकार्यमा नागरिक सचेतना तथा सुशासन प्रवद्र्धनका कार्य गर्ने ।
समाजिक सेवा तथा सुरक्षा तर्फ
महिला सशक्तिकरणलाई विशेष प्राथमिक्ता दिने, महिला तथा किशोर किशोरी क्षमता विकासमा जोड दिने
५० वर्ष माथिका एकल महिला र विदुरहरुको लागि भत्ताको उपलब्ध गराउने
दुइ सन्तान छोरी भएमा पछिल्लो छोरीलाई ५ वर्ष उमेर सम्म निश्चित रकम बचत गरिदिने
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा, घर दैलो स्वास्थ्य सेवा, आवश्यक सहायक सामग्री उपलब्ध गराउँने । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रहरु स्थापना गर्ने
सबै सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने
बाल विबाह नियन्त्रण गर्ने, बुहारीहरुलाई उच्च शिक्षाका लागि आवश्यक सहयोग गर्ने ।
विशेष सेवाहरु
सुरक्षित आवास जनता आवास निमुखाको लागि आवास कार्यक्रम संचालन गर्ने
दैनिक उपभोग्य वस्तु नून, तेल, चिनी, दाल, चामल, सहुलियत दरमा उपलब्ध गराउने
भूमिहिन सुकुम्बासी नागरिकहरुलाई जग्गा उपलब्ध गराउने
निःशुल्क शव बाहन सेवा सुचारु गर्ने
विदेशबाट फर्किएका युवाहरु तथा गाउँका वेरोजगार युवाहरुलाई स्वरोजगारमूलक शिप प्रदान गरी रोजगारमुखी बनाउने ।
