• ट्रेण्डिङ्ग :
चुनावी अभियानका लागि तरूणदलकाे ९९ सदस्यीय केन्द्रीय परिचालन समिति गठन

चुनावी अभियानका लागि तरूणदलकाे ९९ सदस्यीय केन्द्रीय परिचालन समिति गठन


  • 6.0K
    SHARES
    • बैशाख २३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    चुनावी अभियानका लागि  तरूणदलकाे ९९ सदस्यीय केन्द्रीय परिचालन समिति गठन

    काठमाडाैं,२३ वैशाख । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । ७७ वटै जिल्लालाई समेटेर तरुण दलले बिहीबार ९९ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको हो । 

    images

    तरुण दल अध्यक्ष विद्वान गुरुङले काँग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्न समिति सदस्यलाई निर्देशन दिएका छन् । ‘यहीं २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पार्टी र गठबन्धन दलहरुको तर्फबाट उम्मेदवार हुनुभएका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन महत्वपूर्ण तथा प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने बिश्वासका साथ स्थानीय तह निर्वाचन केन्द्रीय तरुण परिचालन समितिमा मनोनित गरेको छु,’ उनले भने ।

    गुरुङले समितिको सदस्य सचिवको जिम्मेवारी तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेललाई दिइएको जनाएका छन् । तरूणदलले देशव्यापी चुनावी अभियान लिएर पार्टीका र गठबन्धनका उम्मेदवारलाइ जिताउँन लाग्ने बताएकाे छ । 

    1-6_CzIhNItcYU.jpg2-5_MV46NgstQL.jpg3-4_Q0SFrDo4Tw.jpg4-2_tMpnC4jro9.jpg


    तेस्रो आँखा
    लेखकबाट थप