• ट्रेण्डिङ्ग :
बेलबारीमा मेयर उम्मेदवारको गाडीमा आगजनी,एक पक्राउ

बेलबारीमा मेयर उम्मेदवारको गाडीमा आगजनी,एक पक्राउ


  • 9.8K
    SHARES
    • बैशाख २३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.1K Views

    बेलबारीमा  मेयर उम्मेदवारको गाडीमा आगजनी,एक पक्राउ

    विराटनगर, २३ वैशाख । मोरङको बेलबारीमा एक जना मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ । बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । प्रहरीका अनुसार बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे आगजनी भएको हो ।

    images

    आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार प्रयोग गर्दै आएका थिए । प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    सुन्दरहरैंचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पाण्डे कांग्रेसका स्थानीय कार्यकर्ता हुन् । सीसीटीभी क्यामेरा फुटेजका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप