लिखु,२३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले देशमा देखिने विकासको आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस लिखु गाउँपालिकाले गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै शर्माले आँखाले देखिनेगरी विकास गर्न नेपाली कांग्रेसको जित अनिवार्य भएको बताएका हुन् । ‘सबैलाई शान्ति र समृद्धि चाहिएको छ’, उनले भने, ‘शान्ति समृद्धि र विकासका लागि नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरी कांग्रेसलाई जिताउनुस ।’
महामन्त्री शर्माले लिखु गाउँपालिकाका उम्मेदवार अशोक कार्कीले राखेका वचन र प्रतिवद्धता कांग्रेस पार्टीले पुरा गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । जनताको तस्वीर समेत राख्न नसक्ने एमालेलाई हैन,उनले भने ‘प्रतिवद्धता पत्रमा जनताले काम गरेका तस्वीरहरु राखेर जनतामाझ आएको कांग्रेसका उम्मेदवारलाई भोट दिनुस् तपाइले कानले सुन्ने हाेइन आँखाले देखिने र भाेगिने विकास गर्छैं ।’
केपी ओलीले कानले सुन्ने विकास गरेका छन् जुन विकास देख्न सकिदैन भोग्न सकिदैन । सम्बोधनका क्रममा उनले भने, ‘ हामीले आँखाले देख्ने विकास गछौं, कानले सुन्ने विकास हैन । त्यसैले तपाइले आँखाले देखोको विकासका पक्षमा रुख चिन्हमा भोट हाल्नुस म अनुरोध गर्दछु ।’ केपी ओलीले डाइनोसर जस्तो सुन्न सकिने तर देख्न नसकीने र भोग्न नसकिने विकास हामी गर्दैनौं’, उनले भने । डाइनाेसर थियाे अरे भनेर धेरैरे सुनेका छन तर कसैले देखेका छैनन्, एमालेकाे विकास त्यस्ते हाे ।
‘लिखु गाउँपािलकाका नागरिक डाइनाेसर जस्ताे विकासका पक्षमा लाग्नु हुने छैन्, मलाइ विश्वास छ, तपाइ सबै नागरिक देखिने विकासकाे पक्षमा हुनुहुन्छ । वैशाख ३० गते गाउँपालिकाकाे अध्यक्ष अशाेक कार्कीकाे टिमलाइ रूख चिन्हमा मतदान गरेर जनताले जिताउँने लिष्टमा मैले याे गाउँपालिकालाइ राख्ने छु । शर्माले भने, ‘ सभापति शेरबहादुर देउवालाइ लिखु गाउँपालिकाकाे समृद्दी र विकासका लागि जनताकाे सम्झनुभएकाे छ भन्ने सन्देश सुनाउँनेछु, तपाइमाझ अशाेक कर्कीले गरेका बाचा हामी पुरा गर्नेछाैं ।’
