• ट्रेण्डिङ्ग :
काठमाडाैंबासी नागरिकले देख्नेगरी विकास गर्न गठबन्धनलाई जिताउनुस -रामेश्वर श्रेष्ठ

काठमाडाैंबासी नागरिकले देख्नेगरी विकास गर्न गठबन्धनलाई जिताउनुस -रामेश्वर श्रेष्ठ


  • 9.2K
    SHARES
    • बैशाख २३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    काठमाडाैंबासी नागरिकले देख्नेगरी विकास गर्न गठबन्धनलाई जिताउनुस -रामेश्वर श्रेष्ठ

    काठमाडाैं,२३ वैशाख । गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले काठमाडौंका जनताले स्थानीय निर्वाचनमा अहंकारीलाई परास्त गर्ने बताएका छन् । शान्तिवाटिकामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले ५ दलीय गठबन्धन बन्नुमा केपी ओलीको अहंकार मुख्य कारण रहेको भन्दै अहंकारीलाई निर्वाचनबाट पराजित गर्नुपर्ने बताए ।

    images

    बितेको ५ वर्षमा काठमाडौं महानगरमा सुशासन हराएको र जनताले सास्ती पाएको भन्दै गठबन्धनले जितेपछि सुशासनको क्षेत्रमा विशेष काम गर्ने श्रेष्ठको दावी छ । ‘अहिलेको महानगरको नेतृत्वले सुशासन दिन सकेन । अंहकार र स्वेच्छाचारी विचार बोकेकाहरुलाई अब चुनावबाट पराजित गर्नुपर्छ’, श्रेष्ठले भने ।

    एमाले नेतृत्वको महानगरले जनताको करको पैसा फिक्स डिपोजिटमा राखेर निष्क्रिय बनाएको भन्दै श्रेष्ठले गठबन्धनले जितेपछि त्यो पैसा झिकेर जनताको सेवामा लगानी गर्ने बताए । महानगरकाे शुसाशन, विकास र हराभरा बनाउने याेजना गठबन्धनका उम्मेदवार सिर्जना सिंह सहितकाे टिममा रहेकाले गठबन्धनका उम्मेदवारलाइ जिताएकाे खण्डमा सबै काठमाडाैंबासी नागरिकले देदख्नेगरी विकास गर्ने प्रतिवद्दता व्यक्त गरे । 


    तेस्रो आँखा
    लेखकबाट थप