• ट्रेण्डिङ्ग :
याे लडाइँ काङ्ग्रेस र कम्युनिष्टको नभई प्रतिगमनकारी र लोकतन्त्रवादीबीचकाे लडाइँ हो  -रामचन्द्र पौडेल 

याे लडाइँ काङ्ग्रेस र कम्युनिष्टको नभई प्रतिगमनकारी र लोकतन्त्रवादीबीचकाे लडाइँ हो  -रामचन्द्र पौडेल 


  • 8.7K
    SHARES
    • बैशाख २३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.4K Views

    याे लडाइँ काङ्ग्रेस र कम्युनिष्टको नभई प्रतिगमनकारी र लोकतन्त्रवादीबीचकाे लडाइँ हो  -रामचन्द्र पौडेल 

    काठमाडाैं,२३ वैशाख ।  नेपाली काङ्ग्रेसका बरिष्ठ नेता एवं गठबन्धन चुनाव परिचलन समतिका संयोजक रामचन्द्र पौडेल अहिलेको लडाइँ काङ्ग्रेस र कम्युनिस्टको नभएर प्रतिगमनकारी र लोकतन्त्रवादी बिचको भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलित गठबन्धनको संयुक्त चुनाबी सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

    images

    उनले भने ‘गठबन्धन परिवर्तनको लागी,राजनीतिक स्थिरताको लागि र लोकतान्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि पाँच दलिय गठबन्धन गरिएको हो । यो प्रतिगमनकारी र लोकतन्त्रवादिको लडाइँ हो ।’ उनले गठबन्धनको उदेश्य हेरेर साथ र सहयोग गर्न पनि आग्रह गरे। पाँच दलिय गठबन्धनलाई सहयोग गरेर रोजगारीको लागि बिदेशीनु पर्ने बाध्यताको अन्त्य गर्न सहयोग गर्न आग्रह गरे। गठबन्धन आवश्यकता र अप्ठ्यारो भएको उनको भनाइ छ।

    नेपाली जनताको कर को उचित उपयोग हुन नसकेको र जनताले कुनै पनि सेवा लिन नसकेको उनको भनाइ छ । काठमाडौंको मुख्य काम भनेको काठमाडौंलाई स्वच्छ बनाउनु, भ्रष्टाचार अन्त्य गर्नु, सुशासन हटाउनु रहेको बताए ।  किसुनजिको खानेपानीको समस्या पूरा हुन लागेको भन्दै यसलाई व्यवस्थापन गर्न जरुरी रहेको उनको भनाइ ।

    महानगरको फोहोरको समस्यालाई अब आउने नेतृत्वले निराकरण गर्नुपर्ने उनको भनाइ छ ।उनले गठबन्धन परिवर्तनको लागी,राजनीतिक स्थिरताको लागि र लोकतान्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि पाँच दलिय गठबन्धन गरिएको बताए । गठबन्धनको उदेश्य हेरेर साथ र सहयोग गर्न पनि उनले आग्रह गरे।


    तेस्रो आँखा
    लेखकबाट थप