• ट्रेण्डिङ्ग :
अहिलेसम्म प्राप्त गरेको उपलब्धि जोगाउन पाँच दलिय गठबन्धनको बिकल्प छैन  -माधवकुमार नेपाल 

अहिलेसम्म प्राप्त गरेको उपलब्धि जोगाउन पाँच दलिय गठबन्धनको बिकल्प छैन  -माधवकुमार नेपाल 


  • 6.2K
    SHARES
    • बैशाख २३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    अहिलेसम्म प्राप्त गरेको उपलब्धि जोगाउन पाँच दलिय गठबन्धनको बिकल्प छैन  -माधवकुमार नेपाल 

    काठमाडाैं,२३ वैशाख । पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म प्राप्त गरेको उपलब्धि जोगाउन पाँच दलिय गठबन्धनको बिकल्प नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित  सत्तारूढ दलको संयुक्त चुनाबी सभालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

    images

    उनले भने ‘अहिलेसम्म प्राप्त गरेको उपलब्धि जोगाउन पाँच दलिय गठबन्धनको बिकल्प छैन ।’  कहिँ नभएको जात्रा केपि ओलिको पालामा देखिएको भन्दै उनले ओलीप्रती व्यंग्य गरे। उनले हरेक अप्ठेरोमा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी संगै अगाडी बढेको बताए । एकता बद्द भएर अगाडी बढ्नुको बिकल्प नभएको बताए । 

    प्रतिगमनकारी को नेतृत्व नेकपा एमालेले गरेको उनको भनाइ छ । ओलिको गठबन्धनमा बिदेशी सामु लम्पसार पर्ने, संविधान नमान्नेहरु भएको र प्रगतिशिल गठबन्धनमा संविधानको रक्षा गर्ने, संघीयता र लोकतन्त्र बचाउनेहरु आफ्नो गठबन्धनमा भएको दाबी गरे ।  पबित्र उद्देश्य राखेर पाँच दलीय गठबन्धन अगाडी बढेको उनले दाबी गरे ।

    काठमाडौंको मेयरको उम्मेदवारले काठमाडौंको स्वास्थ्य, सडक, खानेपानी, फोहोर हरेक बिषयमा निकै राम्रो प्रतिबद्धता व्यक्त गरेको भन्दै उनले मेयर पदको उम्मेदवार सिर्जना सिंहलाई धन्यवाद ज्ञापन गरे ।  चुनाबी तयारीमा लाग्दा संयुक्त रुपमा लाग्न र गठबन्धनको महत्त्व जनताले बुझ्ने गरि अगाडी बढ्न उनले आग्रह गरे । मतदातालाई प्रष्ट पार्न सकेको खण्डमा आफ्नो जित सुनिश्चित रहेको उनले दाबी गरे । तटस्थ मान्छेले राम्रो उम्मेदवार अगाडी सारेको प्रतिक्रिया दिएको पनि उनले जिकिर गरे ।


    तेस्रो आँखा
    लेखकबाट थप