काठमाडाैं,२ बैशाख । स्थानीय तह निर्वाचनको मत परिणम धमाधम सार्वजनीक भैरहेको छ । सिद्धिचरण नगरपालिकामा गठबन्धनका उम्मेदवरले अग्रता कायम राखेका छन । सिद्धिचरण नगरपालिकाका वडा नम्बर १,२,३,८,९,१०,११ , १२ को परिणाम घोषणा भइसकेको छ ।
मत गणना सकिएका यी वडाहरुमध्य एउटामा नेकपा माओवादी केन्द्रका बसन्त कटवाल निर्वाचित भएका छन भने बाँकी सबै वडाहरुमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । वडा नम्बर १ मा नेपाली कांग्रेसका तिर्थबहादुर घिमिरे, २ मा नेकपा माओवादी केन्द्रका बसन्त कट्वाल, ३ मा नेपाली कांग्रेसका सिताराम दाहाल, वडा नम्बर ८ मा नेपाली कांग्रेसका एकराज तामाङ, त्यस्तै वडा नं. ९ मा कांग्रेसकै गुणराज खड्का, १० मा नेकाका रमेशप्रसाद धमला, वडा नंं. ११ मा कांग्रेसका विनोद ताम्राकार, र वडा नम्बर १२ मा कांग्रेसका उमंग श्रेष्ठले बाजीमारेका छन् ।
वडा नम्बर १,२,८,१०, र १२ अघिल्लो पटक एमालेले जितेका वडा हुन् । यस नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका जिल्ला सभापति तेजेन्द्रर खनाल र उपमेयरमा माओवादीका रुपेश शाक्य मैदानमा छन् । उनीहरुले अग्रता कायमै रहेकाले जित करिव नजिक रहेको बताइएको छ । अव वडा नम्बर ४,५,६ र ७ काे मत गणना भइरहेकाे छ । अहिले सम्म मेयर र उपमेयरमा गठबन्धकाे अग्रता कामै रहेकाे छ । मेयरमा काग्रेसका तेजेन्द्र खनाल करिव १ हजार ६ सय र उपमेयरमा नेकपा माओवादीका रूपेश शाक्य ६५० मतले अगाडि छन । बाँकी वडाहरूकाे मत गणना जारी रहेकाे छ ।
