• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन
स्थानीय तहमा हालसम्मकाे परिणाम अनुसार कांग्रेस सबैभन्दा ठूलाे दल

स्थानीय तहमा हालसम्मकाे परिणाम अनुसार कांग्रेस सबैभन्दा ठूलाे दल


  • 9.4K
    SHARES
    • जेठ ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    स्थानीय तहमा हालसम्मकाे परिणाम अनुसार कांग्रेस सबैभन्दा ठूलाे दल

    काठमाडाैं,४ जेठ ।  गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको मत गणना जारी छ । परिणामहरू धमाधम आउनेक्रममा छन । हाल सम्म देशभरबाट आएको परिणम अनुसार नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बनेको छ । त्यस्तै एमाले दोस्रो र माओवादी केन्द्रले तेस्रो स्थान हासिल गरेका छन् ।

    images

     प्राप्त परिणामको जानकारी अनुसार  नेपाली कांग्रेस १७८ , नेकपा एमाले  ११६ , माओवादी केन्द्र ७९, जसपा नेपाल ५ र एकीकृत समाजवादीले ५ स्थानीय तहमा जितेका छन् ।  त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेस १७०, नेकपा एमाले ११६, माओवादी केन्द्र ८३, जसपा नेपाल ५, र एकीकृत समाजवादीले  १२ स्थानमा निर्वाचित भएका छन् । परिणाम आउन बाँकी स्थानीय तहमा नेपाली कांग्रेसल सबै भन्दाबढी स्थानमा अग्रता कायम राखेको छ ।

    एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा अग्रता रहेको निर्वाचन आयोगले जनाएको छ ।  नेपाली कांग्रेस १३४, नेकपा एमाले ८६, माओवादी केन्द्र ३८, जसपा नेपाल २६, एकीकृत समाजवादी १५, लोसपा १२ स्थानमा प्रमुखको अग्रता छ भने  उपप्रमुखमा नेपाली कांग्रेस ११२, नेकपा एमाले १११, माओवादी केन्द्र ४७, जसपा नेपाल ३०, एकीकृत  समाजवादीले १० स्थानमा अग्रता कायम राखेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप