• ट्रेण्डिङ्ग :
देशभर ४४९ स्थानीय तहकाे परिणाम सार्वजनीक

देशभर ४४९ स्थानीय तहकाे परिणाम सार्वजनीक


  • 7.3K
    SHARES
    • जेठ ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    देशभर ४४९ स्थानीय तहकाे परिणाम सार्वजनीक

    देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ४४९ वटामा मतगणना कार्य सकिएको छ ।  गत वैशाख ३० गते एकसाथ सबै स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ । 

    images

    नेपाली कांग्रेसले हालसम्म २०६ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजय हात पारिसकेको छ । स्थानीय तह निर्वाचनमा प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित हुने दोस्रो ठूलो संख्या नेकपा एमालेका उम्मेदवारको छ । एमालेका उम्मेदवार हालसम्म १२९ स्थानमा विजय भइसकेका छन् । 

    तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले हालसम्म ८८ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जित निकाल्न सफल भएको छ । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार हालसम्म ७ पालिकाको प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

    जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म ५ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्ष पद जितेको छ । अन्य दल र स्वतन्त्र उम्मेदवारले १४ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप