• ट्रेण्डिङ्ग :
हेटौंडा उपमहानगरपालिकाको मेयरमा एसमाजवादीकी  मीना लामा विजयी

हेटौंडा उपमहानगरपालिकाको मेयरमा एसमाजवादीकी  मीना लामा विजयी


  • 8.6K
    SHARES
    • जेठ ७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    हेटौंडा उपमहानगरपालिकाको मेयरमा एसमाजवादीकी  मीना लामा विजयी

    काठमाडाैं,७ जेठ । हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन्। उपमेयर नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन्। 

    images

    सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामा मेयरमा निर्वाचित भइन्। लामाले २३ हजार ८० मत ल्याइन्। मेयरमा नेकपा एमालेका अनन्त प्रसाद पौडेलले २० हजार ९०८ मत ल्याए। यस्तै, राप्रपाका दिपक बहादुर सिंहले २० हजार ५३१ मत ल्याए। 

    उपमेयरमा गठबन्धनबाटै नेपाली कांग्रेसका उम्मेदवार राजेश बानिया निर्वाचित भएका छन्। बानिया ३३ हजार ११४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेकी सुमित्रा काफ्लेले २४ हजार ३२८ मत ल्याइन्। उपमेयरमा राप्रपाकी इन्दीरा न्यौपानेले ५ हजार ५९७ मत ल्याइन्। 


    तेस्रो आँखा
    लेखकबाट थप