• ट्रेण्डिङ्ग :
मिर्चैया नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी

मिर्चैया नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी


  • 9.7K
    SHARES
    • जेठ ७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 15.0K Views

    मिर्चैया नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी

    काठमाडाैं,७ जेठ । सिराहाको मिर्चैया नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। मिर्चैयाको मेयर र उपमेयरमा नै माऔवादी विजयी भएको हो। 

    images

    मेयरमा माओवादी केन्द्रका श्रवण कुमार यादव ५ हजार २३३ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सिताराम यादवले ४ हजार ७१० मत ल्याए। मेयरमा नेकपा एमालेका प्रदीप महासेठले ३ हजार ७०४ र जनमत पार्टिका जागेश्वर साह तेलीले २ हजार ९६६ मत ल्याए। 

    उपमेयरमा माओवादी केन्द्रकी जिवछी देवी ५ हजार ७० मत ल्याउँदै विजयी भइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी अनिता साहले ५ हजार २६ मत ल्याइन्। उपमेयरमा एमालेकी शोभा देवी साहले ३ हजार ८७७ र जनमत पार्टीकी सरिता कुमारी शर्माले २ हजार ७८६ मत ल्याइन्। 


    तेस्रो आँखा
    लेखकबाट थप