• ट्रेण्डिङ्ग :
चौथो किड्स क्यापिटल–२०२२ को उपाधि सुनम्रता बज्राचार्य र आरोन श्रेष्ठलाई

चौथो किड्स क्यापिटल–२०२२ को उपाधि सुनम्रता बज्राचार्य र आरोन श्रेष्ठलाई


  • 8.8K
    SHARES
    • जेठ ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    चौथो किड्स क्यापिटल–२०२२ को उपाधि सुनम्रता बज्राचार्य र आरोन श्रेष्ठलाई

    काठमाडौं,८जेठ । चौथो संस्करणको किड्स क्यापिटल–२०२२ को उपाधि सुनम्रता बज्राचार्य र आरोन श्रेष्ठले जितेका छन् ।
    आइतबार ललितपुरमा आयोजित प्रतियोगितामा किड्स क्यापिटल महरु फेसन एम्बासडरको उपाधि प्रसिन कर्माचार्य र स्टेला कडायतले जिते भने किड्स क्यापिटल हुन्छ डटकम एम्बासडरको उपाधि आश्रृया थापाले जितिन् ।

    images

    प्रतियोगितामा युवान श्रेष्ठ र आस्भी केसीले लिटिल स्टारको उपाधि जिते भने किन्स श्रेष्ठ र नायुमा श्रेष्ठले लिटिल प्रिन्स तथा प्रिन्सेसको उपाधि जिते ।
    प्रतियोगितामा नम्रता बज्राचार्यले फस्ट रनरअप, अक्षता श्रेष्ठले सेकेण्ड रनरअप, देव्यानी खड्काले थर्ड रनरअप र अनुष्का खड्काले फोर्थ रनरअपको उपाधि जित्न सफल भए ।

    टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको यो प्रतियोगितालाई डा. दिक्पाल कार्कीले कोरियोग्राफी गरेका हुन् । सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गजित विष्ट, गायक कृष्ण विक, मोडल जोर्डन राजभण्डारी, मोडल प्रियारानी लामा र इभेन्ट मेनेजर कोमलनाथ कोइराला निर्णायकको रुपमा थिए ।समारोहमा प्रतियोगीहरुले वीरेन्द्र हमालको निर्देशनमा तयार पारिएको नाटकमा अभिनय गरेका थिए भने संगीतकर्मी सुदेश शर्माको संगीतमा तयार भएको गीत प्रत्यक्ष गाएका थिए ।

  • सम्बन्धित विषय:

  • # बालबालिका

  • तेस्रो आँखा
    लेखकबाट थप