• ट्रेण्डिङ्ग :
गौरीगन्ज गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैजना महिला निर्वाचित

गौरीगन्ज गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैजना महिला निर्वाचित


  • 8.8K
    SHARES
    • जेठ ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    गौरीगन्ज गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैजना महिला निर्वाचित

    काठमाडाैं,९ जेठ । झापाको गौरीगन्ज गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैजना महिला निर्वाचित भएका छन। जिल्लाका १५ पालिकामध्ये प्रमुख र उपप्रमुख दुबै महिला जित्ने पालिका गौरीगन्ज पहिलो हो । नेपाली काँग्रेसकी फुलवती राजवंशी अध्यक्षमा र नेकपा (एमाले) का उम्मेद्वार पुजन न्यौपाने कुवर उपाध्यक्षमा निर्वाचित भएका छन। दुबै महिला राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल थिए।

    images

    राजवंशीले निकट्तम प्रतिस्पर्धी एमालेका विजयकुमार अग्रवाललाई पराजित गरेका हुन् । अध्यक्षमा निर्वाचित राजवंशीले ५ हजार ६८९ मत ल्याएका छन ।  उनका  निकटतम प्रतिस्पर्धी एमालेका विजय अग्रवालले ३ हजार ३३० मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालय गौरीगन्जले जनाएको छ ।

    न्यौपान नेपाली काँग्रेसका मखना महतोलाई पराजित गर्दै विजय बनेका हुन । उपाध्यक्षमा निर्वाचित न्यौपानेले ४ हजार ७५५ मत  ल्याएका छन । यसभन्दा अघि यो गाउँपालिकामा राप्रपाका बाबुराजा श्रेष्ठले जितेका थिए । 


    तेस्रो आँखा
    लेखकबाट थप