• ट्रेण्डिङ्ग :
चलचित्र ‘प्रेमगञ्ज’को आइटम गीत सार्वजनिक

चलचित्र ‘प्रेमगञ्ज’को आइटम गीत सार्वजनिक


  • 8.5K
    SHARES
    • जेठ ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    चलचित्र ‘प्रेमगञ्ज’को आइटम गीत सार्वजनिक

    काठमाडौं, ११ जेठ । चलचित्र ‘प्रेमगञ्ज’को आइटम गीत सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक ‘तरबार’बोलको आइटम गीतमा चलचित्रकी मुख्य अभिनेत्री बेनिशा हमाल प्रस्तुत छिन् ।

    images

    गीतमा उनलाई हट अवतारमा प्रस्तुत गरिएको छ । पुरुषोत्तम ढुंगेलको शब्द, किरण भुसालको संगीत रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीले स्वर दिएका हुन् ।परिच्छेद सेनको लेखन तथा निर्देशित यो चलचित्र भदौं ३ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा बेनिशासहित सम्पदा बानियाँ र तेज गिरीको मुख्य भूमिका छ । 

    किरण गुरागाईँ, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी र निर्मला लामिछाने निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् ।राजु फूयाँलको प्रस्तुती रहेको चलचित्रमा संजय लामाको छायाँकन, अर्जुन जिसीको सम्पादन छ ।


    तेस्रो आँखा
    लेखकबाट थप