• ट्रेण्डिङ्ग :
शाहरुख खानका छोराले पाए सफाइ

शाहरुख खानका छोराले पाए सफाइ


  • 6.3K
    SHARES
    • जेठ १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    शाहरुख खानका छोराले पाए सफाइ

    एजेन्सी, १३ जेठ । लागुऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरसेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको छ । 

    images

    गत अक्टोवरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि आर्यनबाट विभागले लागू औषध बरामद गरेको थिएन । प्रारम्भिक अनुसन्धानपछि दुई जना बाहेक सबै अभियुक्त धरौटीमा छुटेका थिए । 

    सुरुमा विभागको मुम्बई कार्यालयले उक्त मुद्दाको अनुसन्धान गरेको थियोभने पछि विभागको प्रधानकार्यालय नयाँदिल्लीका नायब महानिर्देशक नेतृत्वको विशेष अनुसन्धान टोलीले छानबिन गरेको थियो । 

    यसैबीच, विभागले अन्य आरोपीविरुद्ध शुक्रबार मुद्दा दायर गरेको छ । गत मार्चमा विशेष अदालतले विभागलाई  आरोपपत्र दायर गर्न ६० दिनको म्याद दिएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप