गोरखा, १४ जेठ । मुक्तकमञ्च गोरखाको नियमित मुक्तक बाचन कार्यक्रम गोरखा बजारमा सम्पन्न भएको छ ।
शनिबार होटल हिमालयमा मिलन सुनारको अध्यक्षतामा भएको सो कार्यक्रममा सरला खनाल, किरण ढकाल , नवराज पाण्डे, सरोज परियार, भिरु लामा, रञ्जु खनाल,अर्जुन उपरकोटी, राम तिमल्सिना लगायतले मुक्तक बाचन गरेका थिए । त्यस्तै कार्यक्रम सञ्चालन संस्थाकि सचिव सुस्मिता दवाडीले गरेकि थिइन् ।


