• ट्रेण्डिङ्ग :
हिंसामा पिडित महिलाको संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने

हिंसामा पिडित महिलाको संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने


  • 7.3K
    SHARES
    • जेठ १७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    हिंसामा पिडित महिलाको संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने

    काठमाडाैं,१७ जेठ ।  काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले हिंसामा परेका महिलाको संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने निर्णय गरेकी छन् ।

    images

    सबै वडामा गठन हुने महिला सेलले न्यायिक समितिसँग समन्वय गरी अन्यायमा परेका र पीडित महिलाका लागि आवश्यक कार्य गर्ने गरी पहिलो निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

    उनले मेलमिलाप केन्द्र पनि गठन गरी सानातिना विवादलाई वडा तहबाटै समाधानको प्रयास गरिने बताइन् ।  आफ्नो चुनावी प्रतिबद्धतापत्रको २२ नम्बर बुँदामा टेकेर महिला सेल गठन गर्ने काम अघि बढाइएको उनले जानकारी दिइन् ।


    तेस्रो आँखा