• ट्रेण्डिङ्ग :
कन्सर्ट लगत्तै 'हर्टअट्याक' हुँदा भारतीय गायक केकेको निधन

कन्सर्ट लगत्तै 'हर्टअट्याक' हुँदा भारतीय गायक केकेको निधन


  • 6.5K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    कन्सर्ट लगत्तै 'हर्टअट्याक' हुँदा भारतीय गायक केकेको निधन

    काठमाडौं,१८ जेठ।  चर्चित भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ)को निधन भएको छ। मंगलबर साँझ कलकत्तामा सांगितिक प्रस्तुती दिइसकेपछि होटलमा उनको निधन भएको हो ।

    images

    एक सांगितिक कार्यक्रमका लागि केके कोलकत्तामा थिए। कार्यक्रम समापनपछि उनी आफ्नो होटल फर्किएका थिए । तर, होटलमा आउन साथ स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कलकत्ताकै मेडिकल रिचर्स इन्चिच्युट अस्पताल लगिएको थियो।

    तर, बाटैमा उनको निधन भएको छ। ५३ वर्षका गायक केकेले मंगलबारको आफ्नो कार्यक्रमको झलक सामाजिक सञ्जालमा समेत सेयर गरेका थिए। उनले कलकत्ताको नाजरुल मञ्च प्रस्तुती दिएका थिए । चिकित्सकले उनको निधनको कारण हृदयघात भएको बताएका छन् ।
     


    तेस्रो आँखा
    लेखकबाट थप