• ट्रेण्डिङ्ग :
नेपाल इजरायलबीचको सम्बन्ध अझै सुमधुर हुन्छ: मन्त्री कार्की

नेपाल इजरायलबीचको सम्बन्ध अझै सुमधुर हुन्छ: मन्त्री कार्की


  • 9.6K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 14.8K Views

    नेपाल इजरायलबीचको सम्बन्ध अझै सुमधुर हुन्छ: मन्त्री कार्की

    काठमाडौं, १ड जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल इजरायलबीचको लामो समयदेखिको सम्बन्ध अझ सुमधुर हुँदै जाने बताएका छन् ।

    images

    दुई देशबीच दौत्यसम्बन्ध कायम भएको ६२औँ वर्षगाँठका अवसरमा नेपालस्थित इजरायली राजदूतावास र बिपी सङ्ग्रहालय समितिले आज सुन्दरीजलमा आयोजना गरेको कार्यक्रममा उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको कार्यकालमा सम्बन्ध स्थापना भएको बताए । 

    तत्कालीन समयमा इजरायलसँग सम्बन्ध गाँस्नु चुनौतीको काम भए पनि बिपी कोइरालाले त्यसलाई सुझबुझका साथ पूरा गर्नुभएको मन्त्री कार्कीले बताए। “अहिले पनि नेपाली विद्यार्थी र युवाको आकर्षणको केन्द्रका रूपमा इजरायल एक गन्तव्य बनेको छ, इजरायलले कृषिमा गरेको उन्नति नेपाली युवाका लागि पनि सिक्न लायक छ, त्यहाँको प्रविधिबाट हामीले पनि कृषि क्षेत्रमा काम गर्न सक्छौँ”, उनले भने ।
     


    तेस्रो आँखा
    लेखकबाट थप