• ट्रेण्डिङ्ग :
नेकपा एसले स्थानीय तह जनप्रतिनिधिलाई अभिमूखिकरण तालिम दिने

नेकपा एसले स्थानीय तह जनप्रतिनिधिलाई अभिमूखिकरण तालिम दिने


  • 7.4K
    SHARES
    • जेठ २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    नेकपा एसले स्थानीय तह जनप्रतिनिधिलाई अभिमूखिकरण तालिम दिने

    काठमाडाैं,२२ जेठ । नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तह निर्वाचनमा विजयी हुने जनप्रतिनिधिलाई अभिमूखिकरण तालिम दिने भएको छ। दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय सचिवालय बैठकले आगामी असार ४ र ५ गते नवनिर्वाचित जनप्रतिनिधि, जिल्ला समन्वय प्रमुख र उपप्रमुखलाई काठमाडौंमा अभिमूखिकरण तालिम दिने भएको हो।

    images

    ‘हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी सम्पूर्ण मेयररउपमेयर, अध्यक्षरउपाध्यक्ष, जिल्ला समन्वय प्रमुखरउपप्रमुख र वडा अध्यक्षहरुको लागि अभिमूखीकरण गर्ने उद्देश्यले आगामी असार ४ र ५ गते काठमाडौंमा ‘राष्ट्रिय अभिमूखिकरण कार्यक्रम’ गर्ने निर्णय गरिएको छ’, बैठकपछि जारी निर्णयमा भनिएको छ। नेकपा एकीकृत समाजवादीबाट १२ जना मेयर, ११ जना उपमेयर, ८ जना अध्यक्ष, १२ जना उपाध्यक्ष र १९० जना वडाध्यक्ष जितेका छन्। 


    तेस्रो आँखा
    लेखकबाट थप