• ट्रेण्डिङ्ग :
देशभरका ६५ जिसस चुनाव सकियाे २९ जिल्लामा कांग्रेसकाे समन्वय प्रमुख ( कसकाे कति विवरण सहित)

देशभरका ६५ जिसस चुनाव सकियाे २९ जिल्लामा कांग्रेसकाे समन्वय प्रमुख ( कसकाे कति विवरण सहित)


  • 10.5K
    SHARES
    • आषाढ ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 16.2K Views

    देशभरका ६५ जिसस चुनाव सकियाे २९ जिल्लामा कांग्रेसकाे समन्वय प्रमुख ( कसकाे कति विवरण सहित)

    काठमाडाैं,४ असार । स्थानीय तह निर्वाचन अन्तर्गत जिल्ला समन्वय समिति (जिसस) को चुनाव अन्तिम चरणमा छ । शुक्रबारसम्म ६५ जिल्लामा जिससको नयाँ नेतृत्व आएको छ । प्रदेश एक – ३, मधेस– ४, गण्डकी २, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका १–१ जिल्लामा चुनाव हुन बाँकी छ । जसमा काँग्रेसले २९ जिल्लाको जिसस प्रमुख जितेको छ भने २३ उपप्रमुख जितेको छ । यस्तै नेकपा एमालेले प्रमुखमा १७ र उपप्रमुखमा १४ जितेको छ । नेकपा माओवादी केन्द्रले १० जिल्लामा प्रमुख र २१ उपप्रमुख जितेको छ । 

    images

    नेकपा एकीकृत समाजवादीले प्रमुखमा ४ र उप्रमुखमा ५, लोसपाले २ प्रमुख र १ उपप्रमुख जितेको छ । यस्तै जसपाले प्रमुखमा २ र राष्ट्रिय जनमोर्चा १ प्रमुख जितेको छ । एक प्रमुख र उपप्रमुखमा स्वतन्त्र विजयी भएका छन् । जिससको प्रमुखमा तेस्रो भएको माओवादीले उपप्रमुखमा एमालेलाई उछिनेको छ । स्थानीय तहको जिल्लागत परिणाम अनुसार काँग्रेसको १६, एमालेको ११ र माओवादी ४ जिल्लामा एकल बहुमत थियो ।

    काँग्रेसले गठबन्धनबाट १३ र माओवादीले ६ जिससको नेतृत्व हात पारेको छ । एकीकृत समाजवादी र जसपाले पनि गठबन्धनबाट जिससमा जित निकाल्न सफल भएका छन् । तर एमालेले ६ जिल्लामा गठबन्धन चिरेको छ । एमालेले ४ जिल्लामा गोलाप्रथाबाट नेतृत्व हात परेको छ । प्रदेश–१ का १४ जिल्ला मध्ये ११ जिल्लामा जिससको चुनाव सम्पन्न भएको छ भने झापा इलाम र उदयपुरमा चुनाव हुन बाँकी छ । निर्वाचन सम्पन्न भएका ११ जिल्लामा काँग्रेसले ५ प्रमुख र ६ उपप्रमुख जितेको छ । एकीकृत समाजवादीले ३ प्रमुख र जसपाले १ प्रमुख जितेको छ । माओवादीले ३ उपप्रमुख हात पारेको छ । यस्तै एमालेले प्रमुख र  उपप्रमुख २–२ जितेको छ । 

    जिसस मोरङमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका अजम्बर राई प्रमुख र उषा झा ठाकुर उपप्रमुखमा निर्वाचित भएका छन् ।​  जिसस धनकुटामा पनि एमालेको प्यानल नै विजयी भएको छ । प्रमुखमा निरेन तामाङ र उपप्रमुखमा सावित्रा राईसहितको टीम नै विजयी भएको थियो । जिसस सुनसरीको प्रमुख र उपप्रमुखमा काँग्रेसले जित हात पारेको छ । प्रमुखमा काँग्रेसका राजन मेहता र उपप्रमुखमा काँग्रेसकै कमला खतिवडा चयन भएका छन् ।

    ओखलढुंगामा काँग्रेसको एकल बहुमतमा जिसस गठन भएको छ । प्रमुखमा  काँग्रेसका डिल्लीराम खनाल र उपप्रमुखमा तारादेवी कार्की निर्विरोध निर्वाचित भएका छन । सोलुखुम्बुमा पनि काँग्रेसको एकल बहुमतमा जिसस गठन भएको छ । काँग्रेसका कृष्णप्रसाद निरौला प्रमुख र  टिकामाया मगर उपप्रमुख बनेका छन् ।​ जिसस भोजपुरको प्रमुखसहित सबै पदमा सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ । प्रमुखमा काँग्रेसका कमल थुलुङ राई र उपप्रमुखमा मओवादी केन्द्रबाट अनिशा खड्कासहित सबै सदस्य पदमा गठबन्धन विजयी भएको छ ।

    जिसस ताप्लेजुङमा गठबन्धनतर्फको प्यानल नै विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका छिरिङ लामा निर्वाचित भएका छन् । उपप्रमुखमा काँग्रेसका कृष्णप्रसाद लिङखिम लिम्बू निर्विरोध निर्वाचित भएका थिए । जिसस तेह्रथुमकोमा गठबन्धले प्रमुख उपप्रमुख सहित सबै पदमा जित हात पारेको छ । प्रमुखमा एकीकृत समाजवादीका गुमानसिंह इस्वो र उपप्रमुखमा काँग्रेसका श्रीप्रसाद कार्की निर्वाचित भएका थिए ।

    जिसस खोटाङको नेतृत्वमा गठबन्धनका विजयी भएको छ । प्रमुखमा गठबन्धनबाट जसपाका सनबहादुर राई र उपप्रमुखमा माओवादीका सुरेश तामाङ चयन भएका छन् । ​जिसस संखुवासभामा गठबन्धमार्फत एकीकृत समाजवादीले नेतृत्व हात पारेको छ । जिसस प्रमुखमा सुमन शाक्य विजयी भएका छन् । उपप्रमुखमा काँग्रेसकी बबिता खत्रीसहित गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।

    जिसस पाँचथरकामा गठबन्धनका उम्मेदवार निर्विरोध भएका छन् । काँग्रेसका रामाराज आङदेम्बे प्रमुख र माओवादीका यामकुमार आङबो उपप्रमुख बनेका छन् । एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाको जिससका लागि एमालेसँग एकल बहुमत छ । जिसस झापाको प्रमुखमा  विश्वनाथ बराल र उपप्रमुखमा शान्ता रोकालाई उम्मेदवार लाई बनाउने निर्णय गरेको छ । चुनावको मिति भने तोकिएको छैन । 

    इलामामा असार ४ गते जिसस निर्वाचनका लागि मिति तोकिएको छ । जिससमा निर्वाचनमा एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको छ । एमालेले जिसस प्रमुखसहित ५ सदस्य लिएको छ भने नेकपा एसलाई उपप्रमुखसहित दुई सदस्य दिइएको छ । जसपाले पनि दुई सदस्य पाएको छ ।  जिसस प्रमुखमा जयप्रकाश राई र उपप्रमुखमा चित्र बराइलीले उम्मेदवारी दिएका छन् । यस्तै उपदयपुरमा पनि जिसस निर्वाचन भएको छैन ।


    तेस्रो आँखा
    लेखकबाट थप