प्रदेश उपसभापतिमा संस्थापन पक्षकै जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन् । चौधरीले ६१० र अवस्थीले ५२३ मत पाए ।
महामन्त्रीमा बलायर प्यानलकै नरनारायण शाह र मेघराज खड्का विजयी भएका छन् । शाहले ६४८ र खड्काले ६३५ मत पाएका छन् ।
यस्तै, सहमहामन्त्रीमा पनि बलायर प्यानलकै गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भएका छन् ।
यस्तो छ मत परिणामः
सभापति
वीरबहादुर बलायर– ६८८ (विजयी), नारायणदत्त मिश्र– २८०
उपसभापति
गोपालसिंह गुरुङ– २८१, जनकराज चौधरी –६१० (विजयी), मनबहादुर रावल– २६३, लोकराज अवस्थी– ५२३ (विजयी) र
हिमबहादुर रावल–१२१
महामन्त्री
नरनारायण शाह (मनु)– ६४८ (विजयी), प्रताप गुर्धामी– १३३, मेघराज खड्का– ६३५ (विजयी) र रामबहादुर शाही– ३०३
सहमहामन्त्री
गोपालदत्त भट्ट– ५२९ (विजयी), चिन्तामणि भट्ट– ५३३ (विजयी), नरेन्द्रप्रसाद भट्ट– २१२, पदमराज पन्त– २५४, लक्ष्मणबहादुर शाही– १६४ र हर्कबहादुर स्वाँर–६८
सहमहामन्त्री (महिला)
अम्बिकाकुमारी चलाउने– ६८६(विजयी) र खिना भण्डारी –२२३
को हुन बलायर ?
प्रदेश अधिवेशन उद्घाटन हुँदासम्म पूर्वभौतिक पूर्वाधारमन्त्री बलायरकाे कतै नाम सुनिएकाे थिएन । अधिवेशन उद्घाटनपछि मात्रै उनी सभापतिका लागि चर्चामा आएका थिए । अन्तिममा संस्थापन पक्षले बलायरकै नेतृत्वमा प्रदेश समिति घोषणा गर्याे ।
५७ वर्षीय बलायर विद्यार्थीकालमा युवामाझ चर्चित थिए । बीपी कोइरालाबाट प्रभावित उनी २०४९ सालमा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा लडेका थिए । तर पराजित भए । त्यतिबेला उनी त्रिभुवन विश्वविद्यालयमा नेविसंघको अध्यक्ष थिए ।
बलायर २०४६ सालमा गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा जनआन्दोलनको घोषणा हुँदै गर्दा सभाको सुरक्षा संयोजक बनेका थिए ।
बलायरले २०६४ सालमा संविधानसभाको उम्मेदवार बन्ने मौका पाए पनि पराजित भए । २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसले उनलाई पुनः टिकट दियाे ।
संविधानसभा सदस्यमा विजयी भएका उनी पार्टी सभापति शेरबहादुर नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए । कांग्रेसको १२औं महाधिवेशनमा नेपाली कांग्रेस डोटी सभापति भएका बलायर १३औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा निर्वाचित भए ।
सन्तनेता कृष्णप्रसाद भट्टराईसँग नजिक रहेर काम गरेका बलायर नेपाली कांग्रेस विभाजनपछि देउवाको पक्षमा उभिएका थिए । त्यसपछि उनी देउवा प्यानलमै रहेर राजनीति गरिरहेका छन् ।
मोहन जोशी/न्युज कारखाना
