• ट्रेण्डिङ्ग :
बुढीगंगा नगरपालिकामा मतदान सुरु

बुढीगंगा नगरपालिकामा मतदान सुरु


  • 5.4K
    SHARES
    • आषाढ २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    बुढीगंगा नगरपालिकामा मतदान सुरु

    बाजुरा,२३ असार । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो । मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको हो ।

    images

    सोही अनुसार बुढीगंगा नगरपालिकामा १० वटा बुथका १९ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ । मतदानका लागि नगरको सुरक्षा कडा पारिएको छ । बुढीगंगामा सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए ।

    घिमिरेका अनुसार पुनः हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ । बुढीगंगामा पुनः मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ  । मेयरमा एमालेबाट रामबहादुर बानियाँ र काँग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप