• ट्रेण्डिङ्ग :
राष्ट्रपतिबाट तीन देशका लागि राजदूत नियुक्त

राष्ट्रपतिबाट तीन देशका लागि राजदूत नियुक्त


  • 6.5K
    SHARES
    • आषाढ २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    राष्ट्रपतिबाट तीन देशका लागि राजदूत नियुक्त

    काठमाडौं, २४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् । 

    images

    राष्ट्रपति भण्डारीले ओमन, साउदी अरेबिया र श्रीलङ्काका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन्। उनले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलङ्काका लागि आज राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । नेपालको संविधानबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरिएको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप