• ट्रेण्डिङ्ग :
नायिका उर्वशी रौतेला फाटेको जिन्स लगाएर जहाज चढेपछि...

नायिका उर्वशी रौतेला फाटेको जिन्स लगाएर जहाज चढेपछि...


  • 9.3K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    नायिका उर्वशी रौतेला फाटेको जिन्स लगाएर जहाज चढेपछि...

    काठमाडौं, ६ साउन। भारतीय सुन्दरी नायिका उर्वशी रौतेला आफ्नो सुन्दरताकै कारण बेलाबेलामा चर्चामा आउने गर्छिन् ।यतिबेला उर्वशी सुन्दरताका कारण नभई जिन्सका कारण ट्रोलको शिकार बन्न पुगेकी छिन् ।

    images

    आफ्नो फिल्म द लिजेण्डका कारण उर्वशीले आफ्नो इन्स्टाग्राममा फिल्मका धेरै तस्विर र भिडियो पोस्ट गरिरहेकी छिन् । हालै उनले थप केही तस्विरहरु पोस्ट गरेकी छिन् जसमा उनी निकै ग्ल्यामरस देखिएकी छिन् । यसरी रिप्ड जिन्समा उर्वशी रौतेला किलर देखिएकी छिन् र फ्यानहरुले उनको तारिफ गरिरहेका छन् ।

    1.jpg

    तर केही प्रयोगकर्ताहरू छन् जसलाई उर्वशीको रिप्ड जिन्सको फेसन मन नपरेको भन्दै उनलाई ट्रोल गराइरहेका छन् । एक प्रयोगकर्ताले टिप्पणी गर्दै कपडा तलबाट च्यातिइरहेको बताएका छन् । विमानको बिजनेश क्लासमा बसेर खिचिएका यी तस्विर सेयर गरेसँगै तस्विरहरु भाइरल बनिरहेका छन् ।

    उर्वशीले ती तस्बिरहरू आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गर्दै यो फिल्मको प्रमोशनका लागि युएई, मलेसिया, सिङ्गापुरलगायतका ठाउँमा पुग्ने जानकारी दिएकी छन् । तस्विरसँगै उनले सेयर गरेको एउटा भिडियो पनि अहिले भाइरल बनिरहेको छ ।

    2.jpg


    तेस्रो आँखा
    लेखकबाट थप