• ट्रेण्डिङ्ग :
नेचासल्यान गाउँपालिका अध्यक्ष राई सवार गाडी दुर्घटना, दुई घाईते

नेचासल्यान गाउँपालिका अध्यक्ष राई सवार गाडी दुर्घटना, दुई घाईते


  • 4.0K
    SHARES
    • श्रावण ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    नेचासल्यान गाउँपालिका अध्यक्ष राई सवार गाडी दुर्घटना, दुई घाईते

    सोलुखुम्बु, ८ साउन । सोलुखुखुम्बुको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईसहितका ब्यक्ति सवार बेलेरो दु’र्घटनामा परेको छ ।

    images

    झपाबाट सोलुखुम्बु आउँदै गरेको प्रदेश नम्बर ३–०१–०२३ च ८०५८ नम्बरको बोलेरो आईतबार विहान अन्दाजी १० बजे उदयपुरको त्रियुगा नगरपालिका ७ चिसापानीमा अनियंत्रित भै पल्टिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    दुर्घटनामा नेचासल्यान गाउँपालिका अध्यक्ष बर्ष ५४ का धनजन राई र नेचासल्यानकै बर्ष ३२ का झमक बहादुर विश्वकर्मा समान्य घाईते भएको जिल्ला प्र’हरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।

    उनका अनुसार अध्यक्ष राईको बाँया कानको छेउमा सुनिएको छ भने विश्वकर्माको खुट्टा र हातको औलामा चोट लागेको छ । घाईतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

    बोलेरोमा ३ जना यात्रु सवार रहेका थिए । अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दुई घाईते

  • तेस्रो आँखा