• ट्रेण्डिङ्ग :
ज्यान मार्ने धम्की आएपछि सलमान खान दुबई पुगे

ज्यान मार्ने धम्की आएपछि सलमान खान दुबई पुगे


  • 9.1K
    SHARES
    • श्रावण २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    ज्यान मार्ने धम्की आएपछि सलमान खान दुबई पुगे

    मुम्बई, २१ साउन। बलिउड सुपरस्टार सलमान खान केही समययता चर्चामा छन् । गत जुन महिनामा उनलाई ज्यान मार्ने धम्की आएको थियो । यसपछि महाराष्ट्र सरकारले उनको सुरक्षा बढाएको थियो । सलमान लामो समयदेखि सुटिङमा व्यस्त छन् ।

    images

    यही व्यस्ततालाई मध्यनजर गर्दै सलमानले केही समयका लागि कामबाट ब्रेक लिएर दुबईमा आराम गरिरहेका छन् । केही समय अघि सलमान कामका लागि दुबई गएको भनिए पनि पछिल्लो रिपोर्ट अनुसार उनी त्यहाँ आराम गरिरहेका छन् ।

    सलमान केही समययता लगातार फिल्म ‘टाइगर ३’ को सुटिङमा व्यस्त थिए । यही कारण उनी केही समयका लागि आराम लिनका लागि दुबई गएका हुन् । दुबईबाट फर्किएपछि उनी फिल्म ‘कभी इद कभी दिवाली’मा व्यस्त हुनेछन् ।

    यो फिल्मको सुटिङ सेप्टेम्बरमा सुरु हुँदै छ । सलमान टेलिभिजनमा डान्स रियालिटी शो ‘नच बलिए’ निर्माण गर्दैछन् । उनले लोकप्रिय रियालिटी शो ‘बिग बोस १६’ को पनि होस्ट गर्दैछन् ।

  • सम्बन्धित विषय:

  • # सलमान खान

  • तेस्रो आँखा
    लेखकबाट थप