• ट्रेण्डिङ्ग :
सार्वजनिक भयाे सन्तोष र प्रदीपको ‘खल्तीमा दाम’ (भिडियोसहित)

सार्वजनिक भयाे सन्तोष र प्रदीपको ‘खल्तीमा दाम’ (भिडियोसहित)


  • 5.7K
    SHARES
    • श्रावण २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    सार्वजनिक भयाे सन्तोष र प्रदीपको ‘खल्तीमा दाम’ (भिडियोसहित)

    काठमाडौं। गायक सन्तोष खड्काको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। साउन २७ गते शुक्रबार ‘हाइलाइट्स नेपाल’ युटुव च्यानलबाट खड्काको ‘खल्तीमा दाम’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो।

    images

    खड्काको आफ्नै शब्द संगीत रहेको गीतमा खड्का स्वयं र प्रदिप महर्जनले आवाज दिएका छन्। भिडियोमा प्रमुख भूमिकामा टिकटक स्टार मौसम कार्की, वरिष्ठ कलाकार सारदा गिरी (काली बुडि), वरिष्ठ कलाकार लक्ष्मन विक्रम बस्नेतलगायतको अभिनय देख्न सकिन्छ।

    त्यसैगरी भिडियोमा भगवान भण्डारी, मनिसा मगर, लक्ष्मण भुर्तेल, एलिना राई, विशाल कट्वाल, विशाल थापा, सुजन भुजेल, गणेश बखति, सुदनकुमार बखति, राजेन्द्र, नरेन्द्र धामी, सुजित महर्जन, विनोद खड्का लगायतका कलाकारहरुको समेत अभिनय देख्न सकिने छ। भिडियोलाई विमल ढकालले निर्देशन गरेका हुन् भने क्यामरामा राज पोखरले साथ दिएको गायक खड्काले बताए। त्यसैगरी गितको सङ्गीत सम्योज बुद्ध स्याङ्बाले गरेका छन्।

    गायक खड्काले विभिन्न समयसामयीक विषयमा गीत लेख्ने, आफैं गाउने र कथा पनि आफैं लेख्ने गरेका छन्। यसपटक भने केही फरक गर्न खोजेको उनको भनाइ छ। यस पटक भाग्यले साथ नदिँदा जति कोशिस गरेपनि जताततैबाट ठक्कर मात्र मिल्ने एक किशोरको पीडालाई ‘कमेडी’ मार्फत देखाउने प्रयास गरेको खड्काले बताए। यसअघि खड्काका ‘नमरि बाँचे’, ‘टुहुरो’ लगायतका म्यूजिक भिडियो सार्वजनिक भइसकेका छन्।

     

     

  • सम्बन्धित विषय:

  • # खल्तीमा दाम’

  • तेस्रो आँखा