• ट्रेण्डिङ्ग :
राज्यमन्त्री ‘अर्जुन’ को त्यो कथा

राज्यमन्त्री ‘अर्जुन’ को त्यो कथा


  • 24.8K
    SHARES
    • आश्विन २८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 38.1K Views

    राज्यमन्त्री ‘अर्जुन’ को त्यो कथा

    लुम्बिनी प्रदेशसभा सदस्य दाङका अर्जुन श्रेष्ठ केहि दिन अघि मात्रै प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री बने । राज्य मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला दाङ आएका राज्यमन्त्री हाम्रो अनुरोधमा घोराही स्थित तेस्रो आँखाको कार्यालयमा आए । दाङ कांग्रेस भित्रको लामो राजनीतिक कालखण्डका साक्षी उनै राज्यमन्त्री श्रेष्ठसंग कांग्रेसको ५ दशक लामो राजनीतिक परिवेश र त्यो परिवेशमा उनको भुमिकालाई हामीले खोतल्ने प्रयास गर्यौँ । राज्यमन्त्री अर्जुन पञ्चायतकालको त्यो बेलाको ‘दबदबा’ तिर फर्किए । 
      
    पञ्चायतकालमा दाङमा कांग्रेसको ‘दबदबा’ कायम गर्ने एउटै चिन्तन हुन्थ्यो । पद मोह रत्ति थिएन , दाङका अर्जुन श्रेष्ठको एक मात्रै लक्ष थियो ‘दाङ कांग्रेसमय हुनु पर्छ ।’ नत पार्टी राजनीतिबाट लाभको ‘ख्वाब’ नै देखे । बरु पार्टी राजनीतिमा लागेकै कारण तत्कालीन राज्यबाटै दुई बिघा जति जमिन खोसियो । तर पञ्चायत बिरुद्ध कांग्रेसको सिपाही बनेर लडिरहे अर्जुन । 
    हक्कि सिपाही अर्जुनका संरक्षक बनेर खुमबहादुर खड्का, तिर्थराज चैतु, बलदेव शर्मा मजगैयाँ,महादेव शाहले भरपुर उर्जा दिईरहेका थिए ।   
    तत्कालीन शासकले तारो बनाएकै बेला कांग्रेस नेता खुमबहादुर खड्काले श्रेष्ठलाई पञ्चायतकालमै जिल्ला प्रशासन कार्यालय ‘हान्ने’ जिम्मेवारी दिएर बनारसबाट पठाए । जिल्ला प्रशासन कब्जा गर्ने कमाण्डर बनेर बनारसबाट हिँडेका अर्जुनका पछाडी सुराकीहरु लागिसकेका रहेछन् । उनलाई यो पत्तो भएन । प्रशासन कब्जा गर्न लुकेर आउँदै गर्दा देउखुरीको जंगलबाट अर्जुन समातिए । जिल्ला प्रशासन हान्ने योजना सहित दाङ पुग्दै गरेका अर्जुनको योजना तुहियो । एक बर्ष सम्म उनि तत्कालीन राज्यको नियन्त्रणमा रहे, त्यो पनि चरम यातना सहित । ‘त्यो बेला मलाई चरम यातना दिईयो,’ अर्जुन सम्झन्छन् ‘एक बर्ष बढि समय मैले हिरासतमै कष्ट काटेँ ।’
    २०२८ मा स्ववियुको उपमहामन्त्री थिए अर्जुन । क्याम्पसहरुमा कांग्रेसको बिद्यार्थी संगठनको बिस्तार गर्ने अभियानमा ‘अर्जुनहरु’ सकृय थिए । यो बेला ‘पञ्च’ समुहले उनिहरुलाई बेलाबेलामा दुख दिईरहन्थ्यो । उनिहरु तत्कालीन शासकबाट लुकिछिपी संगठन बिस्तार गर्थे । तथापी अन्यायका लागि कांग्रेस लड्नु पर्छ भन्ने चिन्तनमा ‘अटल’ अर्जुन शासकहरुसंग जुधिहाल्थे । तत्कालीन प्रमुख जिल्ला अधिकारीले एक महिलालाई हातपात गरे । अर्जुनहरुको समुह प्रमुख जिल्ला अधिकारी बिरुद्ध लड्न मैदानमा उत्रियो । ‘अनि ति सिडिओ रातारात भागे,’ अर्जुन सम्झन्छन् । 
    कांग्रेसको किल्लाका रुपमा दाङलाई उभ्याउने अभियानमा अघि हिँडेका अर्जुनलाई अर्को समुह कम्यूनिष्ट आँफूहरु भन्दा माथि नपरोस् भन्ने नै थियो । त्यो बेला अर्जुनको समुहले तुलसीपुर र घोराहीमा आफ्नो पकड जमाईसकेको थियो । तर नारायणपुर, भोजपुरमा कम्यूनिष्ट हाबी हुँदै थिए । ‘कांग्रेसले कम्युनिष्टलाई देखे कुटिहाल्ने, अनि कम्यूनिष्टलाई देखेपछि कुटिहाल्ने स्थिती बन्थ्यो,’ अर्जुन भन्छन् ‘हामीहरु कम्यूनिष्टको राज कुनै पनि क्षेत्रमा नचलोस् भन्ने योजनामा हुन्थ्यौँ ।’ 
    एउटा यस्तै घटनामा अर्जुन परे । कम्युनिष्टहरु माथि हातपात गरेको भन्दै तत्कालीन प्रशासनले उनलाई ‘वान्टेड’ सुचीमा राख्यो । अनि उनि बनारस् हानिए । चार बर्ष लामो बनारस बसाई पछि उनि स्वदेश फर्कीए । ‘त्यो बेला नेपालगन्जमा मिलाप भएको थियो’ अर्जुनले भने । पार्टी राजनीतिको सुरवाती झण्डै १४ बर्ष अर्जुन लुकिछिपी गरेरै संगठन बिस्तारमा खटिए । 
    शासक संगको लुकिछिपीबाट संगठन बिस्तार हुन नसक्ने निक्यौलमा कांग्रेस पुग्यो । स्थानीय निकायमा आफ्नो प्रतितिधित्व नभए सम्म पार्टी नबन्ने भन्दै कांग्रेसले २०४२ सालमा स्थानीय निकायमा सहभागीता जनाउने निर्णय गर्यो । त्यस क्रममा त्रिभुवन नगर पञ्चायतको प्रधानमा बलदेव शर्मा मजगैयाँ उम्मेदवार चयन भए भने अर्जुन उपप्रधानको उम्मेदवार बने ।  तर चुनाव हारे । उनका अनुसार त्यो चुनावमा धाँधली भयो । ‘बिचमै मतगणना रोकियो, धाँधली गरियो,’ उनले भने ‘अनि नेपालगन्जबाट आएको जाँचबुझ समितिले मलाई पराजित गरिदियो ।’ चुनावमा धाँधली भएको भन्दै कांग्रेसीहरु आन्दोलनमा जाने तयारीमा थिए । तर अर्जुनले मानेनन् । कांग्रेस स्थानीय निकायमा प्रतिनिधित्व गर्ने मनसायमा रहेकाले उहि स्थानीय निकायसंग मनमुटाव गर्नु हुन्न भन्ने पक्षमा रहेका अर्जुनले हार सहर्ष स्वीकार गरे । 
    त्यसपछि युवक संगठनको निर्वाचन आयो । अर्जुनलाई पुनः युवक संगठनको अध्यक्षमा उम्मेदवार बन्न कांग्रेसले आग्रह गर्यो । संघको अध्यक्षमा चुनाव लडेका अर्जुन त्यो बेलाा भने बिजयी भए । 
    २०४९ को स्थानीय निकायको निर्वाचनमा अर्जुन फेरी त्रिभुवन नगरपाालिकाको उपमेयरको उम्मेदवार बने । उनि यो बेला पनि बिजयी भए । कांग्रेसले ल्याएको गरिबसंग विश्वेश्वर कार्यक्रममा रहेर समेत अर्जुनले कांग्रेसको संगठन बिस्तारमा अहम भुमिका खेले । २०५४ को स्थानीय निकायको निर्वाचनमा अर्जुन पुनः त्रिभुवन नगर नगरपालिकाको उपमेयरका उम्मेदवार बने । तर यो बेला भने उनले हारे । 
    त्यसो, पञ्चायतकालमा प्रतिवन्धित बनेको नेपाली कांग्रेसको कोषाध्यक्ष पदमा रहेर काम गरेका थिए उनले । त्यो बेलाको उनको भोगाईले भन्छ ‘त्यो बेला कांग्रेस मात्रै थियो, गुटउपगुट थिएनन् ।’ लुकेर संगठन बिस्तार गर्ने क्रममा कार्यकर्ता पंक्तीले उच्च सम्मानका सााथ घरघरमा लुकाएर राख्थे । आम कार्यकर्ताको एउटै चिन्तन हुन्थ्यो ‘कांग्रेसलाई बलियो बनाउनु पर्छ ।’ तर अहिलेको कांग्रेस राजनीतिक संस्कार त्यो कालखण्डको भन्दा धेरै नराम्रो देख्छन् अर्जुनले । ‘यहि त्यो बेलाको जस्तो कांग्रेसीहरुको उचित संस्कार अहिले हुन्थ्यो भने कांग्रेसको राजनीति अँझ उँचो भैसकेको हुन्थ्यो ।’
    बहुदल पछि बलदेव शर्मा मजगैयाँ पार्टी सभापति हुँदा कोषाध्यक्ष बनेका अर्जुन बिरकेसरी गौतम जिल्ला पार्टी सभापति हुँदा उपसभापति पदमा रहेर कांग्रेसको संगठन बिस्तारमा अहम भुमिका खेले । 
    कांग्रेसको संगठन जिल्लामा बिस्तार गर्नका लागि पञ्चायतकाल देखि सकृय रहेका अर्जुनले पार्टी राजनीतिमा लागेकै कारण आफ्नो सम्पत्ति समेत गुमाउनु पर्यो । 
    पञ्चायतकालमा तत्कालीन एसपीले सिआईडिको काम गर्न अर्जुनलाई आग्रह गरे । उनलाई त्यो बेला मासिक ५ हजार रुपैयाँ तलब दिने भनिएको थियो । तर उनले मानेनन् । फलतः उनि माथि ति एसपीको दृष्टि खराब बन्न पुग्यो । ‘कैयौँ पटक मलाई थानामा बोलाएर केरकार गरे,’ उनले भने ‘म सिआईडि नबनेकै कारण मलाई पटक पटक मुद्धामा मुछियो ।’ त्यति मात्रै हैन, घोराही स्थित दुरसञ्चाल कार्यालय नजिकको झण्डै दुई बिघा जग्गा सरकारले अधिग्रहण गरिदियो । ‘यो कुरा मैले पटक पटक पार्टीमा राखेँ, खुमबहादुर दाई गृहमन्त्री हुँदा उहाँ संग पनि राखेँ,बिपी कोइराला मेरो घरमा आउनु भएको थियो, मेरो बुवाले पनि यो समस्या उहाँ संग राख्नु भयो,’ अर्जुनले भने ‘तर मेरो जग्गा फिर्ता भएन ।’ उनले त उक्त जग्गा फिर्ता भए आधा जग्गा पार्टीकै नाममा गरिदिने समेत बचन दिएका थिए । 
    त्यसोत, बिकास निर्माणमा रकम बिनियोजनका लागि पनि अर्जुन सकृय रहँदै आए । जिल्लाको पार्टी कार्यालय निर्मााणमा उत्तिकै योगदान गरेका अर्जुनले पार्टी कार्यालय परिसरमै खुमबहादुर खड्का स्मृति भवन निर्माणका लागि रकम बिनियोजन गरे । प्रदेशसभा सदस्य भैसकेपछि उनले पहिलो बर्ष २५ लाख, गत बर्ष १० लाख र अहिले पनि १० लाख रुपैयो यो भवन निर्माणका लागि ब्यवस्थापन गरिदिए । यसैगरि कुईरेपानी देखि धर्ना हुँदै बैसा सम्मको सडक निर्माणका लागि पनि अर्जुनले सुरुमा ५० लाख, अनि ३५ लाख, गत बर्ष २५ लाख र यो बर्ष १० लाख रुपैयाँ बजेटको ब्यवस्थापन गरिदिए । यो सडकलाई खुमबहादुर स्मृति मार्ग भनिएको छ । 
    गत प्रदेशसभा निर्वाचनबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सांसद बनेका अर्जुन भर्खरै उर्जा,जलस्रोत तथा सिँचाई राज्यमन्त्री बनेका छन् । अब झनै उनिभित्र बिकासे सोँच फराकिलो बनेको छ । ‘दंगााली जनतालाई बिकासको अनुभुती हुने गरि काम गर्ने छु,’ अर्जुनको बचन छ । 

    images

     

     

     

     


    तेस्रो आँखा