• ट्रेण्डिङ्ग :
इन्द्रजात्रा हेर्न गएका एक युवकको हत्या

इन्द्रजात्रा हेर्न गएका एक युवकको हत्या


  • 5.7K
    SHARES
    • आश्विन १६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 8.7K Views

    इन्द्रजात्रा हेर्न गएका एक युवकको हत्या

    काठमाडौं १६ असोज/ इन्द्रजात्रा हेर्न गएका एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ । गएराति जात्रा हेर्न गएका ओखलढुंगाको लिखु-४ का १७ वर्षीय शनि कार्कीको हत्या भएको हो ।

    images

    उनको छातीमा धारिलो हतियार प्रहार भएको थियो । कार्कीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमुद ढुंगेलले जानकारी दिए । प्रहरीका अनुसार कार्कीमाथि आक्रमणको कारण खुलेको छैन ।

    घटनामा संलग्न भएको भन्दै प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान जारी रहेको एसपी ढुंगेलले जानकारी दिए ।


    तेस्रो आँखा