• ट्रेण्डिङ्ग :
वन अधिकृतविरुद्ध एक करोड २५ लाख बढीको भ्रष्टाचार मुद्दा

वन अधिकृतविरुद्ध एक करोड २५ लाख बढीको भ्रष्टाचार मुद्दा


  • 3.7K
    SHARES
    • पौष २३, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.6K Views

    वन अधिकृतविरुद्ध एक करोड २५ लाख बढीको भ्रष्टाचार मुद्दा

    काठमाडौं २३ पुस/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड २५ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दशौं तह) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images

    अख्तियारका प्रवक्ता देवप्रसाद थपलियाले डिभिजनल वन अधिकृत दीर्घ नारायण कोइरालाले एक करोड २५ लाख ९६ हजार ३५३ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जानकारी दिनुभयो ।

    गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कोइरालाले भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रवक्ता थपलियाका अनुसार कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति (२०४६ जेठ २ गते) देखि २०७८ फागुन १२ सम्ममा गरेको आम्दानी तथा खर्चको विश्लेषण गर्दा एक करोड २५ लाख ९६ हजार ३५३ रुपियाँ बढी देखिएको छ ।

    कोइरालाको सम्पत्ति विवरणको विश्लेषण गर्दा पारिश्रमिक बचत, भत्ता बचत रकम, घर जग्गा बिक्री, जीवन बिमा परिपक्व भई प्राप्त गरेको रकम, ग्यास स्टोरबाट भएको आम्दानी, शेयर बिक्रीबाट प्राप्त रकम, कृषि आय र छोरीको बचत रकमसमेत गरी ८१ लाख ८६ हजार ९५६ रुपियाँ ३१ पैसा आर्जन गरेको देखिन्छ अख्तियारले उल्लेख गरेको छ ।

    सोही अवधिमा व्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, अध्ययन खर्च, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, शेयर खरिद तथा लगानी, ग्यास स्टोरमा गरेको लगानी रकम, सामाजिक व्यवहार खर्च, विद्युतीय उपकरण खरिदबापतको रकम र बैङ्क मौज्दातसमेत गरी जम्मा दुई करोड सात लाख ८३ हजार ३४९ रुपियाँ ८५ पैसा खर्च तथा लगानी भएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

    भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २०९१० बमोजिम गैर कानुनी रूपमा सम्पत्ति आर्जनसम्बन्धी कसुर गरेको भन्दै आयोगले कोइरालाविरुद्ध एक करोड २५ लाख ९६ हजार ३५३ रुपियाँ बराबरको बिगो जरिवाना र कैद सजायको मागदावी गरेको छ ।

     


    तेस्रो आँखा