• ट्रेण्डिङ्ग :
निफको सातौँ संस्करणमा ४० देशका ८८ चलचित्र

निफको सातौँ संस्करणमा ४० देशका ८८ चलचित्र


  • 4.2K
    SHARES
    • माघ २, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.5K Views

    निफको सातौँ संस्करणमा ४० देशका ८८ चलचित्र

    काठमाडौँ, २ माघ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौँ संस्करण आगामी चैत १ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ  । 

    images

    आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष केपी पाठकले निफको यो संस्करणमा ४० देशका ८८ चलचित्र छनोट भएका जानकारी दिए । 

    निफमा कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित महोत्सवमा प्रदर्शित चलचित्र समावेश हुनु सुखद भएको प्रतिष्ठानका सल्लाहकार तथा अभिनेता नीर शाहले बताए । 

    चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रसम्बन्धी ठोस नीति नियम नहुँदा बोर्डले अपेक्षित काम गर्न नसकेको गुनासो गरे ।


    तेस्रो आँखा