• ट्रेण्डिङ्ग :
घूससहित दुई प्रहरी पक्राउ

घूससहित दुई प्रहरी पक्राउ


  • 5.5K
    SHARES
    • फाल्गुण २८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 8.4K Views

    घूससहित दुई प्रहरी पक्राउ
    काठमाडौँ, २८ फागुन/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इञ्चार्ज र वरिष्ठ हबल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ  ।
     
    व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा–अवरोध गरेको विषयमा सेवाग्राहीसँग घूस माग्दै गरेको अवस्थामा आयोगले पक्राउ गरेको हो । महोत्तरी जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र वरिष्ठ हबल्दार मन्जितकुमार झाले रु २० हजार लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो । 
     
    गौशाखा नगरपालिका–१२ गौरीटोलबाट पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।


    तेस्रो आँखा