• ट्रेण्डिङ्ग :
सङ्घर्ष गर्न अपाङ्गताले छेकेन प्रदीपलाई

सङ्घर्ष गर्न अपाङ्गताले छेकेन प्रदीपलाई


  • 7.9K
    SHARES
    • श्रावण १७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 12.1K Views

    सङ्घर्ष गर्न अपाङ्गताले छेकेन प्रदीपलाई

    रोल्पा, १७ साउन । रोल्पाको एक विकट गाउँमा जन्मिएका प्रदीप पुनमगरलाई धेरै समस्याले जेलेको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका ६ पाटेगुम्चालमा जन्मिएका प्रदीप फरक क्षमताका व्यक्ति हुन् ।

    images

    उनी अहिले २८ वर्षको भए । प्रदीपलाई विकटताले मात्र जेलेन उनको जीवन समस्यै समस्याग्रस्त बन्न पुग्यो । फरक क्षमताका भएपनि आफै केहि गर्न सक्छु भन्ने आट र सहास छ प्रदीपमा ।

    आमा रस पुनमगर र बुबा खम्बे पुनमगरको कोखबाट वि.स. २०५४ साउन २० गते रोल्पाको विकट गाउँ लुङ्ग्री गाउँपालिकाको पाटेगुम्चाल भन्ने स्थानमा जन्मिएका प्रदीप पुनमगर धेरैका लागि प्रेरणाको स्रोत बनेका छन् ।   

    3rd i.jpg

    जन्मेको एक वर्षसम्म उनी राम्रो थिए । पछि उनको स्वास्थ्यमा खराबि देखियो । उनको खुट्टा राम्रोसँग चलेन । दुवै खुट्टा टेकेर हिड्न नसक्ने उनी बोल्न पनि राम्रो सक्दैनन् । उनी घस्रिएर हिड्ने गर्दछन् । उनी 'ख' वर्गको अपाङ्गता हुन् ।

    प्रदीपले नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गुम्चालमा कक्षा ७ सम्म अध्ययन गरे । त्यसपछी उनले बराह क्षेत्र माध्यामिक विद्यालय किलाचौरबाट १२ कक्षा उत्तिर्ण गरे । उनले १ वर्ष सदरमुकाम लिवाङमा बसेर कम्प्युटर सिके । त्यहाँ बस्दा पनि उनले धेरै मेहेनत गर्नुपर्यो । उनी त्यहाँ बस्दा विद्यार्थीलाई ट्युसन पढाउने गर्दथे । मेरो साथमा केहि पैसा थियो । केहि विद्यार्थीहरुलाई ट्युसन पढाएर पढाइ खर्च जुटाउने गर्दथे उनले भने ।

    उनी आफ्नो फुर्सदीलो समयलाई रचनात्मक बनाउछन् । कथा, कविता, गजल, मुक्तक लेखनमा उनको रुची छ । उनले द पोइट आइडलमा समेत भाग लिएका थिए । उनका कविताहरु धेरै रुचाइएका थिए । अन्तत उनी द पोइट आइडलबाट भने बाहिरिनु पर्यो । तर पनि उनी आफ्नो लेखन कार्यलाई निरन्तरता नै दिएका छन् । 

    गरिव परिवारमा हुर्केको कारण धेरै समस्याहरु झेल्न परेको उनले बताए । उनी घस्रिएर विद्यालय पुग्ने गर्दथे । गाउँघरमा अन्य मानिसहरुले उनलाई गिज्याउथे अपाङ्गता भएर किन विद्यालय गएको होला यस्ता मान्छेले के गर्न पढेको भनेर गिज्याउने गर्दथे उनले भने । घस्रिएरै विद्यालय पुग्दा धेरै समस्या हुन्थ्यो । घस्रिएको कारण घुडाहरुमा चोट लाग्दथ्यो उनले भने । कतिपयले बाटोमा घस्रिएको देखेर बोकेर गन्तव्यमा पुर्याउथे । कतिपय समयमा बाटोमा पानीले भिजाएका दिनहरु पनि छन् उनले सम्झिए । घस्रिएर विद्यालयबाट घर फर्कदा बाटोमा पानीले भिझाउथ्यो पानीमा भिझ्दै भिझ्दै म घर आउथे उनले भने ।

    उनी अहिले लुङ्ग्री गाउँपालिकाको केन्द्र किलोचौरमा फोटो स्टुडियो व्यवसाय गरेर बसिरहेका छन् । उनले विभिन्न फोटोहरुको इडिटिङ, डिजाइनिङ गर्ने काम गर्दछन् ।

    आफुले आफुलाई कमजोर सोचेर पछि हट्न नहुने उनी बताउछन् । मेहेनत गरे सफलता प्राप्त गर्न सकिने उनले बताए ।

    उनले त्यहाँ पसल संचालन गरेको ७- ८ वर्ष भयो । उनी व्यवसाय सञ्चालन गरेर बसेका छन् । तर उनी आफै सबै काम गर्न सक्दैन् र उनले व्यवसाय पनि अरुको सहायताले गरिरहेका छन् । उनले कम्प्युटरबाट गरिने सम्पूर्ण कामहरु गर्छन् तर काम गर्न सक्दैनन् । उनले आफ्नो व्यवसाय सञ्चालनका लागि एकजनालाई रोजगारी समेत प्रदान गरेका छन् ।  

    1st i.jpg

    म फरक क्षमता भएको मान्छेले केहि गर्न सक्दैनन् भन्ने भाष्य चिर्न चाहन्छु अरुलाई पनि म सङ्घर्ष गर्न प्रेरित गर्दछु प्रदीपले भने । उनको प्राय लेख रचनाहरु समाजको समसामयिक विषयमा केन्द्रीत हुन्छन् । उनको रचनाहरुमा समाजलाई प्रभाव पार्ने र आफ्नो जीवन भोगाइका कुराहरु समावेश भएका हुन्छन् ।

    उनले व्यवसायबाट राम्रै आम्दानी भैरहेको बताए । महिनाको १५-२० हजारको आम्दानी हुने गरेको उनी बताउछन् । उनलाई व्यवसाय संचालनमा उनका शिक्षकहरुले सघाएका छन् । सुरुमा व्यवसाय सञ्चालन गर्नकालागि बराह क्षेत्र माविका प्रधानाध्यापक पुर्णचन्द खड्काले ३५ हजार रकम सहयोग गरेको उनले बताए । पछि व्यवसायलाई थप बढाउदै लगेको उनले सुनाए । उनले व्यवसाय सञ्चालनमा गाउँका साथीहरुले पनि आर्थिक सहयोग गरेके बताए ।

    उनी अहिले आफ्नो लागि सहयोग भन्दा पनि व्यवसायमा सेवा गर्ने मौका दिन आग्रह गर्छन् । म सँग सीप छ म गरेर खान सक्छु त्यसैले सेवा दिने अवसरलाइ म राम्रो मान्छु उनले भने ।

    उनले लेखेका धेरै कविता, मुक्तक, गजलहरु, भावनाहरु कम्युटरमा सजिएका छन् । ती रचनाहरु प्रकाशन गर्ने चाहना रहेको उनले बताए । उनले रचना गरेके एउटा कविता यसप्रकार छ ।

    कविता-प्रतीक्षा

    यी चार खुट्टा हात टेकेर हिड्ने म हुँ

    मैले थप केही समय खर्चेर हिडेको  छु

    किनकि

    म शिखरसम्म पुगुँला नपुगुँला

    शिखर जरूर हेर्नु छ ।

    मेरो यो अठोट हेर्ने र थप हौसला दिने

    घाम, पानी,  डाँडा, पाखा

    उकाली, ओराली

    जो मलाई झनै नजिकबाट स्पर्श गर्छन्

    मसँग प्रेम बाड्छन्

    जहाँ भैजान्थ्यो मैले सोचेको

    मनको म मनमनै नाचिजान्थ्यो

    मेरा हातका औला छट्पटाउथे र लेख्थे

    प्रकृति जस्तै एक कविता

    प्रकृतिको काख आमाको काख पछिको काख रहेछ मेरो

    मेरा पैतलाले दिन नसकेको माया

    मैले हत्केलाले भए पनि दिदैछु

    बडो प्रेमले धुलो आएर मेरो हत्केलामा टाँसिन्छ

    मलाई अझ दैडन मन लाग्छ

    किनकि मलाई त्यहाँसम्म पुग्नु छ

    जहाँसम्म म पुग्न सक्छु

    लाग्दैछ यी बोट बिरुवा बेजोडले तालि बजाईरहेछन्

    हिमाल मुस्कुराई रहेका छन्

    बनले राताम्मे पारेर गुराँस फुलाई रहेकाछन्

    र प्रतीक्षा गरिरहेका छन्

    मेरो आगमनको

     

    उकालीबाट लडेर

    तीखा ढुङ्गाका यो कोमल अंगमा

    पटक पटक ठेस लागेर

    घरको काम छोडी पढ्न भागेर

    चामलको बोराको कठ्ठा झोला बुनेर

    ऐसेलुको फूल उनेर

    सिकेका अक्षरहरु पनि

    मेरो प्रतीक्षामा छन् ।

     

    आमाले मेरा लाई चढाएको

    त्रिशुल भगवान रुप पनि

    मनका देवता बाहेकका देवतानै हुन् नी

    उनलाई पनि नमन

    कमसेकम मलाई केही दिएका छन्

    मसंग साहस छ

    उर्जा छ

    केही गर्ने जोस छ

    जाँगर छ

    मैदान छ

    म छु

    यहाँ हेर्नेहरूको भिडभाड छ

    ताली बजाउने आईजान्छन् यसै यसै

    बस् उसैको प्रतीक्षा त्यो दिनको छ ।

     

    मेरालागि उठेका साना तर भब्य सहयोगहरू

    मेरा कलिला प्रतिभाहरू, जो निस्कन चाहन्थे

    माटोबाट दिउला फुटेका सिमिझै गरी

    मेरा प्रतिभाहरू

    गुरूहरूको प्रेम सहितको ज्ञानका चुचुराहरू

    यहाँ म प्रतिको माया

    म भित्रको म खोज्न बराल्लिएका यी क्यामाराहरू

    यता मैले सुनाउदै गरेको कविता

    दर्शकसम्म पुगेको म

    र मसम्म आईपुगेको प्रेम

    यतै कतै प्रतीक्षा गरिरहेका छन्

    यतै कतै कुरिरहेका छन् त्यो समयको

    जहाँबाट मैले सहजै देख्न सक्छु

    शिखरको उचाई

    जहाँबाट बढाउन सक्छु शिखरले मेरो उचाइ

    म प्रतीक्षा गरिरहेछु

    मेरो प्रतीक्षा भईराखेको छ

    यतै कतै ।।

    लेखक-प्रदिप पुन मगर

    रोल्पा


    भरत विश्वकर्मा
    लेखकबाट थप