तुलसीपुर, २५ भदौ । लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा चम्किलो तारा जस्तै चम्किरहनु भएका गणेश डाँगी (गगन)को नयाँ साङ्गीतिक कोसेली ‘टोट्क्या सल्ला’ गीत सार्वजनिक भएको छ । यसभन्दा अघि गायक डाँगीले दर्जनौं गीतमा आवाज सहित शब्दसँगै एरेन्ज गर्नु भएको छ ।
गणेश डाँगी गगन नामक युट्युवबाट सार्बजनिक गरिएको गीतमा पिएन साईला, रमेश डाँगी, निर्मला देबि बस्नेत, देबि बस्नेत, लिला कवर, हेमराज डाँगी, दिप श्रेष्ठ, सरिता बुढाथोकी, मन्जु थापा र गणेश डाँगी (गगन)को स्वर रहेको छ भने एरेन्ज, रेकर्ड, मिक्सिङ हेमराज डाँगीले गर्नु भएको हो । दाङ जिल्लाको शान्तिनगर ३ पातेटाकुरामा सुटिङ गरिएको ‘टोट्क्या सल्ला’ नामक झ्याउरे गीतमा अभिषेक मल्ल, अर्जुन रोका, दिप श्रेष्ठ, शुलभ पौडेल, गणेश डाँगी गगन, शाखिरा मगर, सुरक्षा मगर, तारा केसी, बिमला मगर, हिरा ठकुरी सहित हास्य कलाकार कृष्ण डाँगी, पूर्ण केसी, होताराम ओलीले अभिनय गरेका छन् ।
गीतमा निर्देशन तथा सम्पादन अभिषेक मल्लले गर्नुभएको हो ।
हेर्नुहाेस भिडियाे.....
