• ट्रेण्डिङ्ग :
प्रकाश सपुतको गीत विवादबारे बाबुराम भट्टराईले भने -सर्जकलाई किन धम्क्याउने ?

प्रकाश सपुतको गीत विवादबारे बाबुराम भट्टराईले भने -सर्जकलाई किन धम्क्याउने ?


  • 12.5K
    SHARES
    • फाल्गुण २९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 19.2K Views

    प्रकाश सपुतको गीत विवादबारे बाबुराम भट्टराईले भने -सर्जकलाई किन धम्क्याउने ?

    काठमाडाैं, २९ फागुन। गायक प्रकाश सपुतको ‘पिर’ बोलको गीत प्रति माओवादीका नेताहरुले आपत्ति जनाएका छन्। उक्त गीतमा माओवादी द्वन्द्व पश्चात तत्कालीन माओवादी लडाकुहरुको अवस्थालाई यो गीतको भिडियोमा चित्रण गरिएको छ। यो गीतको भिडियोमा एक पूर्व लडाकु महिला अहिले यौन व्यवसायमा लागेको दृष्य छ।

    images

    माओवादीका नेताहरुले द्धन्द्ध पश्चात माओवादी महिला लडाकुहरु यौन व्यवसायमा लागेको भनेर गायक सपुतले माओवादी माथि प्रहार गरेको आरोप लगाएका छन्।

    साथै उनीहरुले गायक सपुतलाई सार्वजनिक रुपमै माफी माग्दै गीत हटाउन धम्की समेत दिएका छन्। यसैबिच माओवादीका पूर्व नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गायक सपुतको बचाउ गरेका छन्। उनले ट्वीट गर्दै सपुतको गीतले जनयुद्धको विरोध नगरेको उल्लेख गरेका छन्। जनतासमाजवादी पार्टी संघीय परिषद अध्यक्ष भट्टराईले सपुतको गीतले अपूर्ण क्रान्तिका पीडा दर्शाएको भन्दै लेखेका छन् ‘गीतका सर्जकलाई किन धम्क्याउने ?’ 

    baburam.jpg


    तेस्रो आँखा