• ट्रेण्डिङ्ग :
अनु चौधरी र गोपाल नेपाल जिएमको प्रस्तुतिमा दर्शक रमाए

अनु चौधरी र गोपाल नेपाल जिएमको प्रस्तुतिमा दर्शक रमाए


  • 9.5K
    SHARES
    • फाल्गुण १५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 14.7K Views

    अनु चौधरी र गोपाल नेपाल जिएमको प्रस्तुतिमा दर्शक रमाए

    दाङ, १५ फागुन । तुलसीपुर महोत्सवमा आज १५ औँ दिन चर्चित गायिका अनु चौधरी र गायक गोपाल नेपाल जिएमको प्रस्तुतिमा दर्शकहरु रमाएका छन् । दर्शकको खचाखच उपस्थितिमा कलाहरूले प्रस्तुति दिँदा माहोल निकै उत्साहजनक बनेको थियो । 

    images

    गायिका चौधरीले ‘सैया’, ‘लजालु’, ‘पाउ के पावल’ लगायतका गित प्रस्तुत गर्दा महोल निकै रोमाञ्चक बनेको थियो । यस्तै चर्चित गायक जिएमले ‘आइएममी गर २र४ हजार’, ‘मेरो माया उल्का भो’ लगायतका गित प्रस्तुत गर्नुभएको थियो । 

    महोत्सवमा आज पनि दर्शकको निकै उत्साहजनक सहभागीता रहेको थियो । भोलि पनि चर्चित गायक कृष्ण रेउले लगायतका कलाकार आउने सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । 

    तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा भइरहेको महोत्सवमा व्यापारिक स्टल, कृषि प्रदर्शनी, बालउद्यान, सांस्कृतिक कार्यक्रम भइरहेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय वस्तुको बजारीकरण र कला संस्कृतिको संरक्षणमा महोत्सवले ठुलो भूमिका खेलिरहेको बताउनुभयो ।9837bb6f-3472-4963-819d-568c48ee7701.jpeg


    तेस्रो आँखा