आजभोली समाजमा एउटा विषयले चर्चा लिएको छ।त्यो हो जेन्जी पुस्ताको आन्दोलन गत २०८२ भाद्र २२ र २३अर्थात सन 2025/ सेप्टेम्बर 8 मा नेपाली ईतिहासमा शासक बर्गलाई घोडाबाट खसाल्ने आधी आयो। देशका प्रधानमन्त्री देखि गृहमन्त्री सम्मले राजिनामा दिनुपर्यो। देशका मुख्य संरचना सर्बोच्च अदालत, संसद भवन, सिहंदरवार र संघीय राजधानी भित्र रहेका अधिकाङस प्रहरी पोस्टहरु समेत जलेर खरानी भए । ६ पटक सम्म देशको प्रधानमन्त्री समेत भएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा परराष्ट्रमन्त्री आरजु राणा देउवा समेतले मरानासन्ना हुनेगरी भकुरी मागे भने। अर्का पुर्व प्रधानमन्त्री झलनाथ खानाल पत्निलाई आन्दोलनकारिले जिउदै आगो लगाई दिए। आन्दोलनकारी तर्फ पनि अनदस्पट १९ जनाले ज्यान गुमाए भने पछि सम्म त्यो संख्या ७२ जना पुग्यो। सुरक्षा कर्मी तर्फ ३ जनाको मृत्यु भएको प्रहरी संगठनले सार्वजनिक गर्यो। देशमा यति ठूलो आन्दोलन र क्षेती हुँदा पनि देशको सुरक्षा अङ्गले खासै चासोको विषय बनाउन चाहेन यो विषय भने रहस्यमय नै छ।
देशमा अहिले अन्तरिम सरकार छ। जसको प्रधानमन्त्री पुर्व प्रधानन्यायाधीश सुशीला कार्की छिन। नेपाली ईतिहासमा पहिलो पटक देशको प्रधानमन्त्री बनेर ईतिहास कायम त होला तर यसले दिने निकास भने अन्यौल नै छ। सानो मन्त्रालय बनाउने यस अन्तरिम सरकारको पहिलो कार्य पनी पूरा हुन सकिरहेको छैन, कुलमान घिसिङलाई उर्जा मन्त्री बनाएको छ । ओमप्रकाश अर्याल लाई गृहमन्त्री लगाएत रामेश्वर खनाललाई अर्थमन्त्री बनाएर अन्य मन्त्रालयहरु अन्यौलमै छन।
घटनाक्रमले के पुष्ठि गर्दै गइरहेको छ भने अन्तरिम सरकार पनि अन्य सरकार भन्दा फरक जस्तो देखिदैन बिदेशी चलखेल सहितको सरकार भन्दा पनि खासै फरक नपर्ला। जेन्जी आन्दोलनमा नेपाली जनताको हुंकार, पीडा, क्रोध र आक्रोश थियो। त्यस्तो सुगन्धित आन्दोलनलाई अमेरिकी एजेण्डहरु घोलिएर दुर्गन्धित गर्दिएका छन । अन्तर्राष्ट्रिय चर्चित मिडियाहरुले समेत छ्यापछ्याप्ती प्रस्ट्याएका छन। हरेक पार्टिका पार्टी कार्यालयहरु जल्दा राप्रपा र रास्वपाका एउटा पनि पार्टी कार्यालय नजल्नु यो भन्दा ठुलो प्रमाण र संकेत के हुन सक्छर ? तर्कमा हुन सक्छ भ्रष्टाचारीहरुलाई निशाना बनाएको हो भन्ने त्यो ठिक छ भ्रष्टाचारको अन्त्य गर्नु छ यसले नै देशलाई कङगाल बनाएको छ।यसको अन्त्य आजको मुख्य आवश्यकता हो। तर भ्रष्टाचारको यकिन नगरेर हान्दा अन्याए हुन सक्छ राप्रपाका पशुपति शमशेर जबरा जस्ता भ्रष्टाचारी छुटदा दुखान्त बन्न सक्छ।
जेन्जी आन्दोलन र सामार्थ्य
जेन्जी आन्दोलन क्रान्तिकारी आखिझ्यालबाट हेर्दा निकै उत्साहापुर्ण र स्वागत योग्य छ। जब जब देशका शासकहरुले देशका नागरिहरु माथी कुशासन स्वैईच्छारी प्रवृत्ति लादन खोज्छन तब यस्ता बिद्रोहहरु जेन्जी पुस्ताले मात्रै नभएर देशका सचेत नागरिकहरुले स्वस्फूर्त ढ्ङगले गर्न जरुरी छ। नेतृत्वको हैकमवादी शैली र राज्यदोहोन गर्नुले जेन्जी पुस्ताको आन्दोलन गतिलो सवक भएको छ। तर एउटा समीक्षा गर्नैपर्ने चुरो विषय जेन्जी पुस्ताको आन्दोलनले सरकारमा सम्मिलित हुने पात्र जन्माउनु पर्थ्यो त्यो नहुनुको पछाडी जेन्जी आन्दोलनको सामार्थ्य माथी प्रश्न उठेको जस्तो भएको छ।
आन्दोलन गर्ने जेन्जी सरकार ढाल्ने जेन्जी अनि सरकारको बागडोर समाल्न फेरि उनै ७० काटेका थोत्रा पात्रहरु हुदा जेन्जी आन्दोलनको औचित्य हरण भएको छ। यसले गर्दा जेन्जी आन्दोलनका माग र मुद्दा फितलो र लचिलो हुँदै जानेछन र फेरि पुरानै प्रवृत्ति र पात्रहरुको पुनारागमन हुनेछ। यतिमात्रै भएन देशको गरौव र जिम्मेवारि बोकेको नेपाल प्रहरिको युनिफम नै लगाएर टिकटक बनाएर समाजिक सन्जालमा सियर गर्दा अन्तर्राष्ट्रिय सामु हाम्रो पहिचानमा आच आएको छ। एउटा निर्वाचित महानगर प्रमुखले नै सरकारी अड्डाअदालत खरानी बनाउन आदेश गर्छ भने जेन्जी आन्दोलन कसको हो? भन्ने गहिरिएर सोच्ने बेला आएको छ। निस्पक्ष जेन्जि आन्दोलन जनताको थियो।अहिलेका बेथितिका बिरुद्ध थियो। तर त्यसभित्र घुसेर जुन दुर्घटना र क्षेती निम्त्याएको छ यो सरासर अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चलखेल भएको छ ।
निकास के हुन पर्थ्यो त?
जेन्जी पुस्ताको आन्दोलनको निकास दलिय भागबन्डामा आधारित संसदिय अभ्यासको खारेज गर्दै नयाँ प्रणाली सहितको जेन्जी पुस्ताको सहभागीता सहितको प्रत्यक्ष निर्वाचित रास्ट्रप्रमुखको मागसहितको हुनुपर्थ्यो कताकती "काम गर्ने कालू मकै खाने भालु" भने झै बन्न पुगेको छ। यसले देशलाई निर्वाचनसम्म त दिन सक्ला तर निकास दिन्छ भनी आशा गर्नु केवल दिवा सपना मात्रै हुनेछ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै कुरालाई सापटी लिऔ भने पनि वास्तमा जेन्जिले अहिले उठाएको मुद्दात ६४ सालकै निर्वाचनताका उठिसकेको थियो। कांग्रेस एमालेको संसदीय प्रणालीको राजनितिले यसलाई अलमल्याउने काम भएको थियो।अवपनी हामी उहीँ पुरानै शैली र सिस्टमले सत्ता सञ्चालनकाे विधि प्रयोगमा ल्याउन खोजियाे भने देशलाई पुर्ण असफलता तिर धकेल्नेछौ र नेपाली भुमी बिदेशिको क्रीडास्थल बन्ने छ।
निचोड
हरेक शासकबर्गको साम्राज्य ढाल्नको लागि इतिहासमा भिमकाय आन्दोलनहरु भएका छन, हुन्छन र अझै हुनेछन। कुनैपनी आन्दोलन हुनुपुर्व त्यसको निचोड के हो? पुरानोको ध्वंस पछि नागरिकलाई दिनुपर्ने नयाँ चिज के हो? भन्ने अवधारणा प्रष्ट नभएपछी देश गोलचक्करमा फस्नु बाहेक अरु केही हुदैन। अहिले आएर यस जेन्जी आन्दोलनको अवस्था यस्तै भएको छ। प्रिय जेन्जी भाईहरु तपाईहरु प्रती उच्चसम्मान छ।तपाईहरुले देशमा गर्नैपर्ने कार्य गर्नु भएको हो।तपाईहरुको वलिदानले गर्दा आज देशका शासकबर्गको तकतापलट भयो यो निकै बहादुरिता र जरुरी थियो। तर तपाईहरु बिनाको अन्तरिम सरकार बन्दा तपाईं हामी आम नागरिकको हितकारी र जनमुक्ती अधिकारहरु छुटन सक्छन भन्ने कुराको संकेत तपाईहरुको अन्तरकलहले सजिलै पुष्ठि गरेको छ। यसमा ध्यान दिन जरुरी थियो त्यसबाट भने तपाईहरु चुकिसक्नु भएको प्रस्ट छ। बिचारको कसिले पुष्ठि गरेको तथ्य यहि हो हरेक आन्दोलनहरु, क्रान्तिहरु चाहे त्यो शस्त्र वर्गसंघर्ष हुन बैचारिक एकरुपता भएन भने त्यसको फाईदा बिपरित तत्वहरुलाई नै हुने गर्दछ। उदाहरण हेर्न सकिन्छ हालसालै सम्पन्न माओवादी शस्त्र जनयुद्ध जसले देशमा ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको संघीय संरचनामा देश आयो देशका अन्य राजनैतिक पार्टीहरु पनि त्यसकै कारिन्दा बन्दै त्यसकै सासंद मन्त्री भएर गणतन्त्रकै घाँटी निमोठने काम भयो । यो इतिहासमा माओवादी शक्ति चुकेको प्रस्ट भएको छ।जसको नीति उसको कार्यक्रम हुनै पर्थ्यो यो हुनुको मुख्य कारण बैचारिक बिखण्डन नै थियो।
माओवादिकोहरुको बैचारिक शृङ्खला एउटै हुन्थ्यो भने आज जनताको मुद्दा ओझेलमा पर्ने अवस्था हुदैन थियो। आजको जेन्जी आन्दोलन र मुद्दा पनि यस्तै हुने अवस्था भैइरहेको छ। तपाईहरु कोहि खरिद बिक्री भैईसक्नु भएको छ। कोहि विभिन्न खेमामा बिभाजित हुनुहुन्छ आज आएर तपाईहरुलाई आन्दोलनको औचित्य पुष्ठि गर्नै मुस्किल भएको छ। सु-स्पष्ट निति र कार्ययोजना बनाएर जानू पर्थ्यो यसको अभावकै बिचबाट तपाईहरुको आन्दोलनमा पुर्ण बिराम लागिसकेको छ। देशमा हान्नु पर्ने भ्रष्टाचारीहरु अझ धेरैछन आन्दोलन ब्रेक गर्नुले भ्रष्टाचारीहरु जोगिने भए कानुनको पर्खाईमा बसेर कार्वाहिको आशा गर्नु "गधा दोएर गाई बनाउन खोज्नु जस्तै मुर्खता" हुनेछ।
