बाटो नजिक अथवा बाटो वरपर बर पिपल चौतारी लगाउने नेपालको सदियौ वर्ष पुरानो परम्परा हो। तर मान्छे हरुले खेत बारीमा बर पिपल लगाउने परम्परा छैन।त्यसै कारण यी बर पिपल पनि बनको सिमानामा पर्ने बाटो छेउमा लगाईएका छन। हिन्दु धर्मग्रन्थ अनुसार बरको रुख लाई ब्रह्माको रुपमा र पिपलको रुख लाई बिष्णु भगवानको स्वरुपमा पुजा गरिन्छ। बर र पीपल दुवै रुखहरू हिन्दू धर्ममा अत्यन्त पवित्र मानिन्छन् तर दुबैको भगवानसँग सम्बन्ध फरक–फरक छ। पीपल (अश्वत्थ) – भगवान विष्णुको स्वरूप भगवद्गीता (अध्याय १०, श्लोक २६) मा भगवान श्रीकृष्णले भन्नुभएको छ: “अश्वत्थोऽस्मि” “म पीपलको रूख हुँ।” त्यसैले पीपलको रूखलाई विष्णुका रूपको प्रतीक मानिन्छ। शनिबार पीपल पूज्दा विष्णुको कृपा मिल्ने विश्वास छ। थुप्रो / तना विष्णु, डाल–पात महेश (शिव) ब्रह्मा + विष्णु + शिव (त्रिदेव) को स्वरूपभनिएको छ। बरको पूजा विशेषगरी वट सावित्री व्रतमा महिलाहरूले दीर्घायु र सौभाग्यका लागि गर्छन।साथै मान्छे मर्दा बर पिपलको रुख वरिपरि घुमाउने धार्मिक चलन पनि छ।
यो बर पिपलको रुखमा पनि मरेको मान्छे लाई घाट लिदा घुमाउने चलन थियो तर भिम बहादुर बि क भवानी सामुदायि बनको अधक्ष भए पछि यस चौतारी लाई तारबार भित्र बन्द गरिएको छ र मरेको मान्छे लाई घाट लिदा घुमाउने धार्मिक कार्य पनि रोकिएको छ। उक्त बरपीपल लगाएको जग्गामा केहि वर्ष अघि सम्म बाल बालिका हरु खेल्ने चौर थियो।यो चौरमा तारजाली लागेका कारण बालबच्चा हरु बालबच्चा हरु खेल खेल्न बाट बन्चित छन। कहिले किसानले खेतमा धान काट्लान र खेलौला भनि रहेका छन। साथ साथै त्यहि ठाउँमा गाउले र बाटोमा हिड्ने बटुवा हरुले पानि बाटो हिड्पिदा पानि पिउने गर्थे। अज भोलि भिम बहादुर बि क बनको अधक्ष भएपछी पानीको धारो पनि तारा जाली भित्र कैद भएको छ र बटुवा हरुले पानी पनि पिउन पाएका छैनन किन भने तारजाली लगेपछि धारो बन्द छ। केहि मिटर पर आर्को बरपीपल पनि तारजाली भित्र कैद छन। अर्को बर पिपल लागाउने व्यक्ति पनि बर पिपल तारजाली भित्र कैद गरिएको हुँदा चौतारी लगाउन नपाएको गुनासो गर्छन। तार जाली भित्र बर पिपल भएको हुदा बर पिपलको प्रतिस्ठा जस्तो धार्मिक कार्य पनि पुरा गर्न नपाएकोमा दुखि छन।चौतारी बनाउने मान्छेले अधक्ष बि क लाई, बन उपभोक्ता समितिको बैठक राखुनु होस समितिका अरु सदस्य हरुले के भन्नु हुन्छ भनेर अनुरोध गरेका थिए। तर अधक्षले बन उपभोक्ता जनताहरु लाई रैती र आफु लाई दान दिने राजा, महाराजा जस्तै सम्झी "म दिन्न" भन्ने रुखो जवाफ दिएका थिय। जस्तै कि उनि बक्सिस दिने राजा,महा राजा हुन र उपभोक्ता जनता उनका रैती हु।
माथि चित्रमा देखिएका बर र पिपल दंगीशरण गाउँपालिकाको वडा नम्बर ६, लेटर गाउँमा "भाबानी सामुदायिक बन" को तार जाली भित्र कैद छन र चारै तिर बनमारो झारले पुरियाका छन।यी बर पिपल, र चौतारी भाबानी सामुदायिक बनका अधक्ष "भिम बहादुर बि क" ले बन्धक बनायाका हुन। उनका अनुसार बनको जग्गामा चौतारी लगाउन पाइदैन। हुन त बर पिपलको चौतारी बाट करिब एक किलो मिटर नजिकै दंगीशरण सब डिभिजन बन कार्यालय श्रीगाउँ दाङ्गको कार्यालय छ। तर उक्त बन कार्यालयका कर्मचारी हरु पनि सामुदायिक बनका अधक्ष भिम बहादुर बि क ( गणेश ) को नियन्त्रमा भएको जस्तो देखिन्छ, सायद बनका कर्मचारी हरु सालका रुख कटन र बिक्रि गरि कमिसन खाई अधक्षका अगाडी निरह भएका हुन सक्छन। यो कुरा कसरि पनि शंखासपद हुन्छ भने उक्त डिभिजन बन कार्यालका बैबांग घर भएका एक जना बन हेरालु (बनपाले) ले पनि कसलाई सोधेर चौतारी बनायको ? भनेर चौतारी बनाउने मान्छे लाइ हप्काएका थिय।ति कर्मचारी यसरि नै गाउले लाई धम्काएर खाने बानि परेका होलान।
उक्त बर पिपलको चौतारी लगाएको चौरमा सालका रुख हरु सयौ वर्ष पुराना हुन र ति सालका रुख हरु लाइ तार जाली लगाएर बचाउनु पर्ने स्थिति छै। बरु यो ठाउमा पहिला जस्तै बाल बच्चा हरु लाई खेल्ने ठाउँ को जरुरि छ। घरको पानीको धारा बिग्रिएपछि गाउले हरु तेही तार जाली नाघेर खोलाको पानी लिन जानु पर्छ। तेही भएर अधक्षले आफ्नो घर अगाडि भने तारजाली लगाएका छैनन।
