• ट्रेण्डिङ्ग :
रणवीर र आलिया विवाह बन्धनमा बाँधिए

रणवीर र आलिया विवाह बन्धनमा बाँधिए


  • 8.4K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    रणवीर र आलिया विवाह बन्धनमा बाँधिए

    एजेन्सी, २ वैशाख । बलिउडको सबैभन्दा चर्चित जोडी अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाह बन्धनमा बाँधिएका छन् । यो जोडीले बिहीबार सिमित साथीभाइ र परिवारका सदस्यबीच विवाह गरेका हुन्। याे जाेडी लामो समयदेखि प्रेममा थियाे । 

    images

    हिन्दु परम्परा अनुसार उनीहरूले  विवाह गरेका थिए। उनीहरुको विवाह स्थलमा साक्षीस्वरूप ऋषि कपुरको ठूलो तस्बिर राखिएको थियो । 

    आलिया र रणवीरको विवाह ४ पण्डितले गराएका थिए । उनहरुले लिने ७ फेरोका लागि गाँठो बाध्ने काम करण जौहरले गरेका थिए। ७ फेरो अगाडि गायत्री मन्त्र समेत सुनाइएको थियो ।

    विवाह समारोहमा निर्देशक आयान मुखर्जी, अमिताभ बच्चनकी नातिनी नब्या नवेली, करीना कपुर खान, सैफ अलि खान, करिस्मा कपुर, महेश मट्ट, पूजा भट्ट, आकांशा रन्जन कपुर, लगायत थुप्रै सेलिब्रेटीको उपस्थिती रहेको थियो । उनीहरूले विवाहमा घ्यु कर्लरकाे कपडा लगाएका थिए । 

     

  • सम्बन्धित विषय:

  • # विवाह
  • # रणवीर कपुर
  • # आलिया भट्ट

  • तेस्रो आँखा