• ट्रेण्डिङ्ग :
ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुदै

ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुदै


  • 26.8K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 41.3K Views

    ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुदै

    काठमाडाैं,२ बैशाख ।  माओवादी युद्धका बेला ओखलढुङ्गाको टारकेराबारीका उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ सुरु भएको छ। हत्या आरोपमा थुनामा रहेका पुष्कर गौतमविरुद्धको मुद्दाको पेसी सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासमा परेको छ। 

    images

    माओवादी कार्यकर्ताले २०५५ असार १० गते गोली हानेर श्रेष्ठको हत्या गरेको आरोप लागेको थियो। उज्जनको हत्याविरुद्ध जाहेरी दिएको आरोपमा भाइ गणेशकुमार श्रेष्ठको पनि हत्या भएको थियो। उज्जनको  हत्यामा ओखलढुंगा जिल्ला अदालतले तत्कालीन माओवादी नेता बालकृष्ण ढुङ्गेल र पुष्कर गौतम लगायतलाई दोषी ठहर गरेको थियो। तत्कालीन समयमा फरार रहेका गौतमलाई प्रहरीले २०७१ सालमा पक्राउ गरेको थियो। 

    माओवादीबाट २०६४ मा संविधान सभा सदस्य समेत भएका बालकृष्ण ढुंगेललाई पनि यही मुद्दामा सर्वस्वसहित जन्मकैद भएको थियो । उज्जलको हत्या घटनामा ९ जनाविरुद्ध अभियोग लागेको थियो। जिल्ला अदालत ओखलढुङ्गाले ढुंगेल र गौतमसहितलाई दोषी ठहर गरेको थियो। जिल्ला अदालतले ढुंगेल र गौतमविरुद्ध सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।  यीनै मुद्दामा  पार्टीले सहयाेग नगरेकाे भन्दै तत्कालिन  माओवादी नेता ढुंगेल अहिले एमालेमा प्रवेश गरेका छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप