• ट्रेण्डिङ्ग :
मुक्तककार सन्तोष अम्गाईंको ‘सयल’ विमोचन

मुक्तककार सन्तोष अम्गाईंको ‘सयल’ विमोचन


  • 11.5K
    SHARES
    • बैशाख ४, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 17.6K Views

    मुक्तककार सन्तोष अम्गाईंको ‘सयल’ विमोचन

    काठमाडौं, ४ वैशाख । मुक्तककार सन्तोष अम्गाईंको मुक्तक संग्रह ‘सयल’ को गृह विमोचन गोरखा क्याम्पसमा शनिबार सम्पन्न भएको छ। 

    images

    कार्यक्रम मुक्तक मञ्च गोरखाका अध्यक्ष मिलन सुनारको अध्यक्षतामा तथा गोरखा क्याम्पसका क्याम्पस प्रमुख रामशरण बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे । 

    278353788_1103301093846430_3321351285902899293_n.jpg

    कार्यक्रममा श्रष्टा परिचय मुक्तककार किरण ढकालले गरेका थिए । यस्तै, कृतिको  समीक्षा सुरेन्द्र देवकोटाले गरेका थिए भने सरोज परियार, सरला खनाल र सन्तोष श्रेष्ठले संग्रहित  मुक्तक वाचन गरेका थिए।

    कार्यक्रममा वक्ताहरु प्रदिप रोदन , रामशरण बानियाँ तथा सुरेन्द्र देवकोटाले संग्रह भित्र संग्रहित मुक्तक विविध विषयमा प्रभाव पार्नसक्ने  निकै दमदार र चोटिला रहेका बताएका थिए ।  कार्यक्रम सञ्चालन संस्थाकि सचिव सुस्मिता दवाडीले गरेकि थिइन् ।

    278380057_501903078281620_4309026383046582987_n.jpg

    गोरखा बजारमा कमै हुने साहित्यिक कार्यक्रम भएपनि एक किसिमको छुट्टै रौनकता ल्याउन सफल भएको महशुस गर्न सकिन्थ्यो ।  कार्यक्रममा गजलकार प्रदिप रोदन, कवि सुरेन्द्र देवकोटा , प्रध्यापक सन्तोष श्रेष्ठ , प्रध्यापक नवराज पाण्डे आदिको सहभागीता रहेको थियो । 


    तेस्रो आँखा