• ट्रेण्डिङ्ग :
अनिल र वरुणको ‘जुग जुग जियो’को ट्रेलर सार्वजनिक

अनिल र वरुणको ‘जुग जुग जियो’को ट्रेलर सार्वजनिक


  • 9.4K
    SHARES
    • जेठ १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    अनिल र वरुणको ‘जुग जुग जियो’को ट्रेलर सार्वजनिक

    काठमाडौं,१० जेठ । अनिल कपुर र वरुण धावनको मुख्य अभिनय रहेको फिल्म ‘जुग जुग जियो’को ट्रेलर  सार्वजनिक भएको छ। आइतबार साँझ फिल्मको ट्रेलर सार्वजनिक भएको हो। भारतको पटियाला क्षेत्रको कथा बोकेको यो फिल्ममा प्रेम र परिवारको कथालाई देखाइएको छ।

    images

    परिवारभित्रका विभिन्न आयामहरुलाई फिल्ममा देखाइएको फिल्मको निर्माण पक्षले जनाएको छ। फिल्ममा वरुण र अनिलसँगै कायरा अडभानी, नितु कपुर, मनिष पौल, प्राजक्ता कौललगायतका कलाकारको अभिनय रहेको छ। फिल्मलाई राज मेहताले निर्देशन गरेका छन्। अनुराग सिंहको कथा रहेको फिल्ममा पटकथा र संवाद भने रिशव शर्माको रहेको छ।


    तेस्रो आँखा
    लेखकबाट थप