• ट्रेण्डिङ्ग :
भोलिदेखि बुटवल–१२ ढबाहामा रमाइलो मेला हुँदै,७० कलाकारको प्रस्तुती रहने

भोलिदेखि बुटवल–१२ ढबाहामा रमाइलो मेला हुँदै,७० कलाकारको प्रस्तुती रहने


  • 9.8K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 15.1K Views

    भोलिदेखि बुटवल–१२ ढबाहामा रमाइलो मेला हुँदै,७० कलाकारको प्रस्तुती रहने

    बुटवल, १८ जेठ । बुटवलमा बिहीवारदेखि रमाइलो मेला सञ्चालन हुने भएको छ । जय माता दि एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बुटवल–१२ ढबाहा पीस पार्कमा रमाइलो मेला गर्न लागेको हो ।

    images

    पीस पार्क क्षेत्रको प्रचारप्रसार गर्दै संस्कृति संरक्षणको लागि मेला आयोजना गरिएको प्रालिका प्रवन्ध निर्देशक राजवीर जैसवालले जानकारी दिए । मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम छ । २९ गतेसम्म चल्ने मेलामा ७० भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ । मेलाको सहयोगीमा बुटवल उपमहानगरपालिका, मनकामना युवा क्लव,बुटवल वडा न १२ कार्यालय,ग्लोवल पीस पार्क रहेका छन् ।

    सो अवसरमा क्लवका सल्लाहकार मधु पुलामीले ढबाहामा पहिलोपटक आयोजित मेलाले त्यस क्षेत्रको विकासमा टेवा पुग्ने बताए । मेला सम्पन्न गर्न ४० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । मेलामा ८० भन्दा बढी स्टलहरू रहनेछन् । डेढ लाख दर्शकले मेला अवलोकन गर्ने आयोजकको दाबि छ । पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष दीपक पुन, सल्लाहकार ढुण्डीराज खनाल, किरण खनाल लगायतले बोल्दै पहिलोपटक हुन लागेको मेला सफल बनाउन सबैको सहयोग रहने बताए ।

  • सम्बन्धित विषय:

  • # बुटवल

  • कल्पना डुम्रे
    लेखकबाट थप