• ट्रेण्डिङ्ग :
‘चिसो एस्ट्रे’ भोलिदेखि डिजिटल प्लेटफर्ममा

‘चिसो एस्ट्रे’ भोलिदेखि डिजिटल प्लेटफर्ममा


  • 8.9K
    SHARES
    • जेठ ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    ‘चिसो एस्ट्रे’ भोलिदेखि डिजिटल प्लेटफर्ममा

    काठमाडौं,३१ जेठ ।  गत चैत ४ मा प्रदर्शनमा आएको फिल्म ‘चिसो एस्ट्रे’ले बुधबारदेखि डिजिटल प्लेटफर्ममा प्रदर्शन यात्रा सुरु गर्ने भएको छ । फिल्म भोलि अर्थात् असार १ देखि डिसहोमसहित नेट टीभी, मोमो एप लगायतका प्लेटफर्ममा प्रदर्शन हुने भएको हो ।

    images

    हलमा ठिकै मात्र व्यापार गरे पनि फिल्मले समीक्षकबाट भने राम्रो प्रशंसा पाएको थियो । खासगरी फिल्मले अभिनय र प्राविधिक पक्षमा तारिफ पाएको थियो । भूपि शेरचनको यही नामको कविताबाट प्रभावित फिल्मलाई दिन्स पाल्पालीले निर्देशन गरेका हुन् ।

    पाल्पालीकै लेखन रहेको फिल्ममा दिव्यदेव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल लगायत कलाकारको अभिनय रहेको छ । महेशबाबु तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्मलाई प्रवीन स्याङबो र सुस्मिता पराजुलीले निर्माण गरेका थिए । सुजन खतिवडा, रुपेश ढुंगाना र नवीन ढुंगानाको सहनिर्माणमा बनेको फिल्मलाई उज्वल बस्ताकोटीले छायांकन गरेका हुन् । फिल्मलाई विदेशी प्लेटफर्ममा पनि बेच्ने प्रयास भइरहेको निर्माताले जानकारी गराएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप