• ट्रेण्डिङ्ग :
‘कबड्डी ४’ ले ४२ दिनमा २२ करोड ७३ लाख कमायो

‘कबड्डी ४’ ले ४२ दिनमा २२ करोड ७३ लाख कमायो


  • 6.7K
    SHARES
    • आषाढ २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    ‘कबड्डी ४’ ले ४२ दिनमा २२ करोड ७३ लाख कमायो

    काठमाडौं, २७ असार। नेपाली फिल्म ‘कबड्डी ४’ले ४२ दिनमा २२ करोड भन्दा धेरै रकम कमाएको छ। २२ करोड भन्दा माथि कमाएसँगै ‘कबड्डी ४’ अहिलेसम्मकै उच्च कमाइ गर्ने फिल्मको कीर्तिमान बनाउन सफल भएको छ।

    images

    फिल्मले मोफसलबाट १० करोड ५ लाख ९७ हजार ४८० रुपैयाँ ग्रस र काठमाडौं उपत्यकाबाट १२ करोड ६७ लाख ५६ हजार ३६५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

    त्यस्तै अहिलेसम्म २२ करोड ७३ लाख कमाएको यो फिल्मले हिन्दी सिनेमा ‘बाहुबली २’को नेपाल कमाइ भेट्टाउने खोजेको छ। फिल्ममा दयाहाङ राई, मिरुना मगर र सौगात मल्लको मूख्य भुमिका रहेको छ भने रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # कबड्डी ४

  • तेस्रो आँखा
    लेखकबाट थप